भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"कस्ता कस्ता यी मानिस / ईश्वरवल्लभ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

18:47, 22 जनवरी 2021 के समय का अवतरण

कस्ता कस्ता यी मानिस छन्, मलाई सताउन आउँदछन्
केके भन्छन् यी व्यर्थैका, मलाई जलाउन आउँदछन्

शाहजहाँका कुरा गर्छन्, कोही ताजमहलका कथा
कोही भन्छन् रोटी छैन, जिन्दगीका कोही व्यथा
कोहीकोही सित्तैमा मलाई रुवाउन आउँदछन्

देश छैन, माटो छैन; लँडाइ सयौँ लडेँ भन्छन्
न प्रेमी छ, न प्रेमिका; गीत सयौँ लेखेँ भन्छन्
साँचो भन्छन् कि झूटा भन्छन्, मलाई भूलाउन आउँदछन्