भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"त्यसैत्यसै मात लाग्ने / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

07:59, 6 मई 2021 के समय का अवतरण

त्यसैत्यसै मात लाग्ने परिवेश भएथ्यो
मिलनमा समय नै मदहोस भएथ्यो

आँखा उनको मदिराको ताल भएथ्यो
कसैलाई भन्न नहुने हाल भएथ्यो
ओठ शुष्क अस्तव्यस्त केश भएथ्यो
मिलनमा समय नै मदहोस भएथ्यो

याद छैन खै के-के वात भएथ्यो
होस आउँदा बिहानको सात भएथ्यो
रात पनि हाम्रो मातले बेहोस भएथ्यो
मिलनमा समय नै मदहोस भएथ्यो