भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"छन् व्यथा केही मेरा / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
08:30, 6 मई 2021 के समय का अवतरण
छन् व्यथा केही मेरा, तिमी केही थपिदेऊ
मेरो जीवनकथालाई, केही बुझिने बनाइदेऊ
भीर हो कि पहिरो हो, बुझ्दिनँ म बाटाभरि
ककसका हुन मुहार यी, मेरो मनका खाटाभरि
चोट कहाँ लागेको हो थाह पाउनै गाह्रो भयो
बोधा भए मेरा घाउ, एकपल्ट दुखाइदेऊ
हिँडदाहिँड्दै बाटाहरू, बाटैबाट हराइगए
थिए होलान् नाता कुनै, नचिनिने भइगए
हेर्दाहेर्दै जीवन यो पराइझैँ लाग्न थाल्यो
कहाँनिर बाँच्या छु म, तिमी आई देखाइदेऊ