भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"यो तिम्रो कथा हो / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
08:58, 6 मई 2021 के समय का अवतरण
यो तिम्रो कथा हो या मेरो कहानी
मनभरि बादल छ, आँखामा पानी
मनलाई अञ्जुलीमा बोकी हिँडेँथेँ
हृदयमा प्रेमको रङ पोती हिँडेँथेँ
समयले एउटा आँधी चलायो
सिँगार्दासिँगार्दै भत्कियो जवानी
यो तिम्रो कथा हो या मेरो कहानी
सधैँ नै मसँग निहूँ खोज्छ रात
डराएर हातले खोजे होला साथ
खै केके भयो रातभरि कुन्नी
म उठ्दा निथ्रुक्कै भिझेथ्यो सिरानी
यो तिम्रो कथा हो या मेरो कहानी
देख्दछु अचेल म सपना नि कालो
ब्यूँझँदा आँखामा दुनियाँको जालो
पन्छाउँदापन्छाउँदै फेरि हुन्छ रात
फेरि उसैगरी दोहोरिन्छ बिहानी
यो तिम्रो कथा हो या मेरो कहानी