भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"जिन्दगीको हो यो कस्तो दुखाइ / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

21:29, 7 मई 2021 के समय का अवतरण

जिन्दगीको हो यो कस्तो दुखाइ सधैँभरि
केके ठोक्किने केके भत्किने यो मनैभरि

चुँडिइरहने टुक्रिरहने सँधै यौटा तार मनभित्र
झिकूँ भन्दा गाडिइने घाउ झनझनभित्र
किन जल्दछ मन, क्षितिज जलेझैँ साँझैभरि
जिन्दगीको यो कस्तो दुखाइ सधैँभरि

न रोकिनु छ कहिल्यै, न त पुग्नु छ कतै
आँखा चिम्लिएर केवल बग्नु छ कतै
जति गरे पनि बाँच्नै मुस्किल आजैभरी
जिन्दगीको हो यो कस्तो दुखाइ सधैँभरी