भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"गीत र धूनहरू / पारिजात" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
(' {{KKGlobal}} {{KKRachna |रचनाकार= पारिजात |अनुवादक= |संग्रह= }} {{KKCatKavita}...' के साथ नया पृष्ठ बनाया)
 
छो (Sirjanbindu ने गीत त धूनहरू / पारिजात पृष्ठ गीत र धूनहरू / पारिजात पर स्थानांतरित किया: Correction)
 
(कोई अंतर नहीं)

14:57, 20 सितम्बर 2021 के समय का अवतरण

तिमी मलाई सारङ्गीका केही धुनहरू देऊ-
म तिमीलाई एउटा विवश गरीबको व्यथा भन्छु ।

म तिमीलाई एउटा छाप्रो जलेको रहस्य भन्छु
तिमी दुःखद जीवनहरूलाई धूनमा फेर
म तिम्रो सारङ्गीसँग एउटा गीत साट्छु ।

दुःखहरूको साटासाटमा आँसु बग्ने गर्छ
तिमी पनि रुन्छौ म पनि रुन्छु
तर आँसु मान्छेको नियति होइन
आँसु त यस्तो पानी हो जो आगोमा फेरिन सक्छ
दुःख त यस्तो झिल्का हो जो डढेलामा फेरिन सक्छ ।

तिमी मलाई अब यी दुःखहरूको सिङ्गो धून देऊ
म यी दुःखहरूलाई आजका सिङ्गा गीतहरूमा फेर्छु
म यी गीतहरूलाई प्रतिशोधका रापहरूमा फेर्छु ।

तिमी मलाई केवल मन पगाल्ने धून देऊ
म तिमीलाई इतिहास फेर्ने गीत दिन्छु
तिमी मलाई आफ्नो सारङ्गीका केही धुनहरू देऊ
म गीतहरूलाई परिवर्तनको इतिहासमा फेर्छु