भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"राष्ट्रियता / राज माङ्लाक" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राज माङ्लाक |अनुवादक= |संग्रह= लिम...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
11:18, 20 जनवरी 2022 के समय का अवतरण
राष्ट्रिय झण्डा –
झोलाको एउटा कुनामा श्रद्धाले पट्याएर हालेपछि
ब्रिफकेसभरि रेमिट्यान्स टिप्न
एयरपोर्टबाट रहरमा चढेर उडेको नवयुवक
तीन महिना नपुग्दै
देशको खुट्टानेर
कस्तरी टुप्लुक्क आइपुगेको छ ।
कि यो देश –
बाबुको विशाल छाती, र
आफ्नै आमाको सुरक्षित काख हो भने
असिना र पानीको आपत छेल्ने चराहरुको गुण पनि हो भने
आफ्नो अघिल्तिर –
यस्तरी
बाकसभित्र सिलप्याक भएर आएको
कलकलाउँदो छोराको शवसँग
यो देशले –
अब, कसरी राष्ट्रियता माग्छ होला ?