भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सानो बत्तीको उज्यालोमा / केदार गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= केदार गुरुङ |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

21:41, 25 जनवरी 2022 के समय का अवतरण

म चित्रहरूमा
आकार खोज्दै छ कि –
शब्दहरूमा जीवनको साकार
         - खोज्दै छु?
कि कहिल्यै कविता हुन नसक्ने
न मिलेको हरफ र भाव भएर
कतै अभिव्यक्ति पो हुँदैछु कि ?
कथानै त यो अवश्य
हुन सक्ला कि?-
किनभने यसमा कुनै
इतिहासमा नलेखिएको निबन्ध
र, जीवनमा कहिल्यै न खेलेको
          -नाटक जस्तो
कुनै परिभाषा र प्रमाण
पनि त कतै पाइन्न !