"किन गर्छौ तानातानी / मित्रसेन" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मित्रसेन |अनुवादक= |संग्रह= }} {{KKCatKavita}...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
20:21, 27 जनवरी 2022 का अवतरण
संसार सागरमा कति नै जीव जन्मी मरी गए
तर छन् अमर जोले धर्ममा तन र मन सुम्पिदिए
ठूला ठूला वलवान जगतमा
जसको भारी मान थियो
केही पनि थाहा लागेन
खै, आज भोलि कता गए
किन गर्छौ तानातानी, मानामानी
दुई दिनको छ यो दानापानी
किन गर्छौ तानातानी, मानामानी
माटोको यो देह बनेको
पाप करम माथि रैछ जनेको
राम्रो भनी केन भनेको
राम्रो भक्ति केन भनेको
पातमाथिको पानी
बतासले उडाई लैजाने
किन गर्छौ तानातानी, मानामानी
सबैले तिमीलाई साथी भन्छन्
मतलबै जम्मा जाती भन्छन्
पैसा छँदासम्म सुसारा गर्छन्
मरेको हेरी डराउने
अनि भूत मानी नजीक नहीं आउने
किन गर्छौ तानातानी, मानामानी
मानिसको जिउनी सधैँ त पाउन्नौ
किन प्रभूसँग ध्यान लगाउन्नौ
बुद्ध पुराणमा कहिले भी जान्नौ
रोदीमा नाचगाना गाई
तिमी बोतलमा भई मस्तानी
किन गर्छौ तानातानी, मानामानी