"नेपाली कहाँ गयो हाम्रो गीत / धर्मराज थापा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=धर्मराज थापा |अनुवादक= |संग्रह=हि...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो (Sirjanbindu ने हाम्रो गीत / धर्मराज थापा पृष्ठ नेपाली कहाँ गयो हाम्रो गीत / धर्मराज थापा पर स्थानांतर...) |
(कोई अंतर नहीं)
|
09:32, 13 फ़रवरी 2022 के समय का अवतरण
नेपाली कहाँ गयो हाम्रो गीत यसै हरायो ।
पहरा नै थर्काउने हाम्रो मीठो गान
विश्व-दिल फर्काउने हाम्रो ठूलो शान
नमिल्काऊ धूलामाथि नेपालका राजा !
दिलसंग दिल जोरी अघि लागौं बाबा !
हामीलाई कर्महारा कल्ले बनायो !
छायामनि सुसेलीमा नगाएको हैन
दर्द पोखी सारंगीमा नरोएको हैन
मागी खान कल्ले पार्यो यो नेपालीलाई
नेपाल नै मेरो भन्छ पाखाकोले आई
अनारकली आयो भन्दै ढ्वाङ करायो
हाम्रो गीत यसै हरायो ।
दुइ बार जर्मनसित नलडेको हैन
सतलज र काँगडा नलिएको हैन
संसारको अग्लो घूरी नचढेको हैन
हरुवा भै यो नेपाली फर्किएको छैन
जति बुझ्यो उति किन आज डरायो।
डेढकोटि आशा-फूल यसमा झुम्नुपर्छ
डेढकोटि भैगो सानो छाती फुल्नुपर्छ
नेपालीको नौलो बोलीको यो नौलो भाषा
मन्दिर नै बन्यो भने होला देश खासा
गुहार माग्दै पिल्सिएको प्राण करायो
हाम्रो गीत यसै हरायो ।
.............................
राष्ट्रिय भावना-बाट, २०११