"एउटी छोरीको कथा. / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) छो |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 10: | पंक्ति 10: | ||
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । | पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । | ||
रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ॥ | रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ॥ | ||
− | मनुस्मृति | + | मनुस्मृति |
यो मनुको देशमा जन्मेकी | यो मनुको देशमा जन्मेकी | ||
पंक्ति 33: | पंक्ति 33: | ||
विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित: | विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित: | ||
उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।। | उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।। | ||
− | मनुस्मृति | + | मनुस्मृति |
म मनुको देशमा बनेकी | म मनुको देशमा बनेकी | ||
पंक्ति 83: | पंक्ति 83: | ||
यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् । | यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् । | ||
तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥ | तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥ | ||
− | मनुस्मृति | + | मनुस्मृति |
म मनुको देशमा भएकी माता | म मनुको देशमा भएकी माता | ||
पंक्ति 113: | पंक्ति 113: | ||
तिमीलाई मुक्त गरें मैले ए छोरी ! | तिमीलाई मुक्त गरें मैले ए छोरी ! | ||
बलियो पखेटा दिएँ उड्नलाई। | बलियो पखेटा दिएँ उड्नलाई। | ||
− | हुन सक्छ, तिमीले | + | हुन सक्छ, तिमीले पढ्नेछ्यौ यो कथा |
हुन सक्छ, तिमीले नबुझौली यसमा धेरै व्यथा | हुन सक्छ, तिमीले नबुझौली यसमा धेरै व्यथा | ||
तर दया नगरे ममाथि | तर दया नगरे ममाथि | ||
आखिर जहाँ जेजस्तो भए पनि | आखिर जहाँ जेजस्तो भए पनि | ||
− | बाँच्न त | + | बाँच्न त बाँचेँ यो जीवन |
सिङ्गै कतै नटुटी । | सिङ्गै कतै नटुटी । | ||
कसैको दोष थिएन यसमा | कसैको दोष थिएन यसमा |
16:53, 13 फ़रवरी 2022 का अवतरण
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ॥
मनुस्मृति
यो मनुको देशमा जन्मेकी
म कसैकी छोरी !
तिमीले माया नगरेका हैनौ मलाई
ए मातापिता !
तर किन हुन सकिनँ म
जे हुन चाहन्थें !
किन चाहन सकिनँ मैले
जे हुन सक्थें !
आफै बाच्ने सामर्थ्य दिन सकेनौ मलाई
के तिमीलाई मेरो विवेक-बुद्धिमा भर थिएन ?
वा, तिमी डराउँथ्यौ
मेरो गर्भको दायित्वले !
त्यसैले मलाई सदा संरक्षणमा राख्नु नै
उचित ठान्यौ तिमीले !
यसरी एउटा आश्रित जीवनको जग बसालेर
मेरो अस्तित्वको अपमान
सर्वप्रथम तिमीले नै गरेका थियौ
ए मातापिता !
विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित:
उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।।
मनुस्मृति
म मनुको देशमा बनेकी
कसैकी पत्नी !
सुरुदेखि नै नियन्त्रणको बिख खुवाएर
मार्दै गयौ मेरो मनलाई तिमीले
र शरीरले मात्रै पूरा गरें
तिम्रा सबै आवश्यकता मैले ।
हे पति !
तिमीलाई कुनै विश्वासमा स्वीकारेकी थिएँ मैले
पुरुषत्व तिम्रो
केवल लिङ्गमा छैन
सम्भोगमा मात्र साबित हुने हैन
यो त मसितको व्यवहार हो
साहचर्य र सम्मानमा देखिने
सबै बिर्सेर
केवल स्वामित्व स्थापित गर्नुलाई
आफ्नो धर्म बनायौ तिमीले ।
तिमी मझैँ एउटा शरीर एक प्राण
लिङ्गभेदले मात्रै
कसरी ठहरियौ यति उत्कृष्ट र महान् ?
मैले सृष्टिको गर्भ बोकेकी थिएँ
सम्मान त मेरो पो हुनुपर्ने, हैन र ?
तर सके यही तिम्रो त्रासको कारण भयो ।
मलाई धरती बनाई
आफ्नो बीउ रोपेपछि
फल उब्जाउने स्वार्थले
कब्जाएर राख्यौ जीवनभरि तिमीले ।
यसरी मेरो धर्म र मर्यादा तोक्ने
मलाई मेरो अधिकार दिने
हे मनुका सन्तान !
तिमी को हौ भन त ?
केवल एक सङ्कीर्ण र दुर्बल मनोवृत्तिका पुरुष !
गायत्रीदेखि कालरात्रिकी कालीलाई
देवी मानी पुज्दा
सँगै उभिने नारीलाई
उभ्याउन सकेनौ कहिल्यै
आफ्नो मनमा सँगै तिमीले ।
तापनि जीवनभरि मैले
तिमीलाई सहेर
जेजस्तो भए पनि
तिमीलाई सह्यारेर
तिम्रो जीवनपछि पनि तिमीलाई सम्झेर
यो जीवन बिताएँ
तर तिमीलाई देवता पाइनँ कतै
तिमी त मनुष्यसम्म पनि हुन सकेनौ मसित
ए मेरो स्वार्थी शासक !
यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् ।
तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥
मनुस्मृति
म मनुको देशमा भएकी माता
तर व्यर्थ गयो तिम्रो बीज
मेरो गर्भमा
तिम्रो वंश चलाउने पुत्र पाउन सकिनँ
हुन त छोराको कामना मैले गरेकी पनि थिइनँ ।
पिताको संरक्षण
र पतिको नियन्त्रणपछि
छोरा नै भए पनि
फेरि कुनै पुरुषको अङ्कुशमा
बाँच्ने इच्छा रहने ममा ।
छोरी ! मेरो अन्त:करणले मागेको थियो
छोरी नै भई आए मकहाँ तिमी ।
वंशहीन पहिचानविहीन म
सँगै बाँचेर तिमीसित
खोज्न चाहन्थें अस्तित्वको नयाँ क्षितिज
मैले साँचेर राखेका
तीन उपहार दिन चाहन्थें तिमीलाई
१- जन्म
२- बाँच्ने सामर्थ्य
३- स्वतन्त्रता
आफ्नो जन्म तिमीले रोजेकी थिइनौ
तिम्रो जीवन तोक्ने हक
मैले आफ्नो मानिनँ ।
जन्म दिएको दायित्व मेरो
तिमीलाई बाँच्न उभ्याउनुसम्मकै थियो ।
मनुको ख्यालखानामा बाँचे तापनि
तिमीलाई मुक्त गरें मैले ए छोरी !
बलियो पखेटा दिएँ उड्नलाई।
हुन सक्छ, तिमीले पढ्नेछ्यौ यो कथा
हुन सक्छ, तिमीले नबुझौली यसमा धेरै व्यथा
तर दया नगरे ममाथि
आखिर जहाँ जेजस्तो भए पनि
बाँच्न त बाँचेँ यो जीवन
सिङ्गै कतै नटुटी ।
कसैको दोष थिएन यसमा
मलाई त
मेरो युगले नै ठगेको थियो ।