"म, आमा र छोरी / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
छोरी ! आज म तिमीलाई | छोरी ! आज म तिमीलाई | ||
नयाँ जीवनको आशीर्वाद दिन चाहन्छु | नयाँ जीवनको आशीर्वाद दिन चाहन्छु | ||
पंक्ति 24: | पंक्ति 23: | ||
त्यागको आह्वान हुँदो रहेछ । | त्यागको आह्वान हुँदो रहेछ । | ||
हामी महान् बन्ने आकाङ्क्षामा नै | हामी महान् बन्ने आकाङ्क्षामा नै | ||
− | मरेका | + | मरेका छौँ सदा यहाँ । |
मेरी आमाको तरुनो अनुहार | मेरी आमाको तरुनो अनुहार | ||
अझै सम्झन्छु म | अझै सम्झन्छु म | ||
बिस्तारै बिस्तारै चाउरीका पत्रमा | बिस्तारै बिस्तारै चाउरीका पत्रमा | ||
− | + | खुम्चिँदै गए क्यार उनका सपना सबै | |
कहिलेकाहीँ सोच्छु | कहिलेकाहीँ सोच्छु | ||
आमाले कुनै सपना पनि देखेकी थिइन् र ? | आमाले कुनै सपना पनि देखेकी थिइन् र ? | ||
पंक्ति 35: | पंक्ति 34: | ||
घरबारमै सीमित थियो उनको संसार | घरबारमै सीमित थियो उनको संसार | ||
साँगुरो आकाङ्क्षाका ती सानासाना सुखदुःख | साँगुरो आकाङ्क्षाका ती सानासाना सुखदुःख | ||
− | म पीडित | + | म पीडित हुन्थेँ आमाको अवस्था देख्दा |
तर उनी सुखी थिइन् | तर उनी सुखी थिइन् | ||
− | उनको दु:ख पनि | + | उनको दु:ख पनि हाम्रै दुःखमा थियो । |
− | मैले | + | मैले बुझ्न सकिनँ कहिल्यै |
अस्तित्वविनाको त्यो अस्तित्व | अस्तित्वविनाको त्यो अस्तित्व | ||
आफूलाई बिर्सेर पाएको त्यो सन्तोष | आफूलाई बिर्सेर पाएको त्यो सन्तोष | ||
− | तर | + | तर कहिलेकाहीँ लामो सुस्केरामा |
− | भन्थिन् उनी, "नानी । तिमी | + | भन्थिन् उनी, "नानी । तिमी मझैँ नभए" । |
आमाभन्दा भिन्न भई | आमाभन्दा भिन्न भई | ||
बाँच्ने रहरमा हुर्केकी म | बाँच्ने रहरमा हुर्केकी म | ||
उनको त्यो जीवन मेरो अस्तित्वबोध भयो | उनको त्यो जीवन मेरो अस्तित्वबोध भयो | ||
− | म साँच्चै फरक हुन | + | म साँच्चै फरक हुन थालेँ |
तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि । | तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि । | ||
पितालाई क्षमा गर्न सकिनँ मैले | पितालाई क्षमा गर्न सकिनँ मैले | ||
− | आमाको अवस्था | + | आमाको अवस्था सम्झँदा |
प्रेमी मेरो कल्पनामा बाँचे | प्रेमी मेरो कल्पनामा बाँचे | ||
पति प्रेमी हुन सकेनन् | पति प्रेमी हुन सकेनन् | ||
पंक्ति 57: | पंक्ति 56: | ||
माया गरेर, माया खोज्न थालेकी थिएँ म | माया गरेर, माया खोज्न थालेकी थिएँ म | ||
जीवनलाई साझा उत्तरदायित्व मानी | जीवनलाई साझा उत्तरदायित्व मानी | ||
− | बेहोर्न | + | बेहोर्न चाहन्थेँ म । |
अब घरबारमा मात्र सीमित थिएनन् | अब घरबारमा मात्र सीमित थिएनन् | ||
मेरा आकाङ्क्षा | मेरा आकाङ्क्षा | ||
− | ती | + | ती फराकिँदै गएको अनुभूतिमा |
म आत्तिएँ केही फेरिएको थिएन कतै अझै | म आत्तिएँ केही फेरिएको थिएन कतै अझै | ||
मबाहेक, | मबाहेक, | ||
− | म | + | म आफैँ पनि त्रसित हुन्थेँ |
आफ्ना संस्कारसित कतै | आफ्ना संस्कारसित कतै | ||
र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले । | र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले । | ||
पंक्ति 70: | पंक्ति 69: | ||
पुराना मान्यताको बोझ दिएर | पुराना मान्यताको बोझ दिएर | ||
कुनै भ्रममा हुर्काइनँ, | कुनै भ्रममा हुर्काइनँ, | ||
− | नाङ्गो भई | + | नाङ्गो भई बाँचेंँ म आफ्ना व्यथामा |
लुकाइनँ ती अपमान संरक्षणले गरेका | लुकाइनँ ती अपमान संरक्षणले गरेका | ||
मेरो अस्तित्वको | मेरो अस्तित्वको | ||
− | कति एक्लै भई | + | कति एक्लै भई बाँचेँ म सबैसित |
− | + | लुकाइनँ मेरो पीडा साथी पाउन नसकेको | |
छोरी ! तिमी कहिल्यै एक्लो नभए ! | छोरी ! तिमी कहिल्यै एक्लो नभए ! | ||
तिमी सबल, समर्थ भएर आफ्ना सबै मान्यता | तिमी सबल, समर्थ भएर आफ्ना सबै मान्यता | ||
− | आफ्नो निम्ति | + | आफ्नो निम्ति आफैँ रोजे |
र आफूलाई चिनेर बाँचे। | र आफूलाई चिनेर बाँचे। | ||
छोरी । आज म तिमीलाई | छोरी । आज म तिमीलाई | ||
नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु | नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु | ||
मेरी आमाले दिएका पुराना सपनामा | मेरी आमाले दिएका पुराना सपनामा | ||
− | ज्यादै कमजोर भई | + | ज्यादै कमजोर भई बाँचेँ म। |
</poem> | </poem> |
12:35, 15 फ़रवरी 2022 का अवतरण
छोरी ! आज म तिमीलाई
नयाँ जीवनको आशीर्वाद दिन चाहन्छु
वरदान नै दिने थिएँ
तर यस्ता दैवी शक्ति ममा छैनन्
भएको भए
म तिम्रो जीवनको सम्पूर्ण ढाँचा फेरिदिने थिएँ
अनि तिमी यसलाई आफ्नो मानी
आफूले चाहेझै बाँच्ने थियौ ।
अरूका निम्ति बाँच्ने
आदर्श बोकेको इतिहास हाम्रो
घिन लागिसक्यो मलाई
यस्ता आत्मदाहदेखि
शोषणको पहिलो लक्षण
त्यागको आह्वान हुँदो रहेछ ।
हामी महान् बन्ने आकाङ्क्षामा नै
मरेका छौँ सदा यहाँ ।
मेरी आमाको तरुनो अनुहार
अझै सम्झन्छु म
बिस्तारै बिस्तारै चाउरीका पत्रमा
खुम्चिँदै गए क्यार उनका सपना सबै
कहिलेकाहीँ सोच्छु
आमाले कुनै सपना पनि देखेकी थिइन् र ?
उनको जीवन त बित्यो
हानै सेवामा
घरबारमै सीमित थियो उनको संसार
साँगुरो आकाङ्क्षाका ती सानासाना सुखदुःख
म पीडित हुन्थेँ आमाको अवस्था देख्दा
तर उनी सुखी थिइन्
उनको दु:ख पनि हाम्रै दुःखमा थियो ।
मैले बुझ्न सकिनँ कहिल्यै
अस्तित्वविनाको त्यो अस्तित्व
आफूलाई बिर्सेर पाएको त्यो सन्तोष
तर कहिलेकाहीँ लामो सुस्केरामा
भन्थिन् उनी, "नानी । तिमी मझैँ नभए" ।
आमाभन्दा भिन्न भई
बाँच्ने रहरमा हुर्केकी म
उनको त्यो जीवन मेरो अस्तित्वबोध भयो
म साँच्चै फरक हुन थालेँ
तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि ।
पितालाई क्षमा गर्न सकिनँ मैले
आमाको अवस्था सम्झँदा
प्रेमी मेरो कल्पनामा बाँचे
पति प्रेमी हुन सकेनन्
उनी त पुरुष परमेश्वर भई आए जीवनमा
तर आमा अन्धो परिक्रमा गरी
पूजा गर्न सकिनँ मैले उनको ।
माया गरेर, माया खोज्न थालेकी थिएँ म
जीवनलाई साझा उत्तरदायित्व मानी
बेहोर्न चाहन्थेँ म ।
अब घरबारमा मात्र सीमित थिएनन्
मेरा आकाङ्क्षा
ती फराकिँदै गएको अनुभूतिमा
म आत्तिएँ केही फेरिएको थिएन कतै अझै
मबाहेक,
म आफैँ पनि त्रसित हुन्थेँ
आफ्ना संस्कारसित कतै
र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले ।
त्यसैले छोरी !
मैले तिमीलाई
पुराना मान्यताको बोझ दिएर
कुनै भ्रममा हुर्काइनँ,
नाङ्गो भई बाँचेंँ म आफ्ना व्यथामा
लुकाइनँ ती अपमान संरक्षणले गरेका
मेरो अस्तित्वको
कति एक्लै भई बाँचेँ म सबैसित
लुकाइनँ मेरो पीडा साथी पाउन नसकेको
छोरी ! तिमी कहिल्यै एक्लो नभए !
तिमी सबल, समर्थ भएर आफ्ना सबै मान्यता
आफ्नो निम्ति आफैँ रोजे
र आफूलाई चिनेर बाँचे।
छोरी । आज म तिमीलाई
नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु
मेरी आमाले दिएका पुराना सपनामा
ज्यादै कमजोर भई बाँचेँ म।