भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"तिमी हुनुको (अंश - ५) / इन्दिरा प्रसाई" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

16:56, 16 फ़रवरी 2022 के समय का अवतरण

विडम्बनाको होहल्लामा
विनाशको बाँसुरी बजिरहेछ ।

कुनै पनि यात्रा
दाग नभएको छैन
आफन्त सबै पराई छन्
नाताको फेर समातेर
हुचील पनि लच्छिन भएको छ ।

मेरो माटो पनि
कालोमैलो भइसक्यो
नदीहरू अब सडकमा
मोटरकार भएर बग्दै छन् ।

नदीका दुई किनारले
अँगालो मारेर
मरुभूमिको आनन्दमा
मधुरात मनाए ।

सम्झनामा तिमी आएथ्यौ ।