"लाहुरे दाइ ! / हरिभक्त कटुवाल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
15:31, 17 फ़रवरी 2022 के समय का अवतरण
लाहुरे दाइ, ए लाहुरे दाइ !
मेरो होइन, देशको माया गरिदेऊ !!
शिर-बन्दी चाहिंदैन, चाहिंदैन चोली
शिर-बन्दी साटी ल्याऊ बन्दुकका गोली
स्वदेशको लागि मेरो माया बलि दिउँला
आज मरे भोलि फेरि यहीं जन्म लिउँला !
यो जुनीमा देशको लागि मरिदेऊ न
मेरो होइन, देशको माया गरिदेऊ न !!
पस्यो अरे शत्रु आई हाम्रो संघारमा
रहनेछ माया मेरो साक्षी संसारमा
जानु परे सीमान्तमा सँगै लड्न जाउँला
देश बचाई बाँच्यौं भने तव माया लाउँला !
जन्म दिने आमाको दुःख हरिदेऊ न
मेरो होइन, देशको माया गरिदेऊ न !!
हामी दुइ मरी जाउँला, माया मर्ने छैन
हामीमाथि अन्यायको छाया पर्ने छैन
यही हाम्रो देवताको खेली हिंड्ने ठाउँ
हिड-हिंड लाहुरे दाइ, सीमान्तमा जाऊं !
बलिदानले आमाको काख भरिदेऊ न
मेरा होइन, देशको माया गरिदेऊ न !!