"स्थानविहीन / अनामिका / सुमन पोखरेल" के अवतरणों में अंतर
| Sirjanbindu  (चर्चा | योगदान)  ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अनामिका |अनुवादक=सुमन पोखरेल |संग...' के साथ नया पृष्ठ बनाया) | Sirjanbindu  (चर्चा | योगदान)  छो | ||
| पंक्ति 19: | पंक्ति 19: | ||
| आरम्भिक पाठहरूको - | आरम्भिक पाठहरूको - | ||
| राम, पाठशाला जा ! | राम, पाठशाला जा ! | ||
| − | राधा,  | + | राधा, भात पका ! | 
| राम, आइज मिठाई खा ! | राम, आइज मिठाई खा ! | ||
| राधा, घर बढार् ! | राधा, घर बढार् ! | ||
| पंक्ति 34: | पंक्ति 34: | ||
| कसरी उसको कुनै ठाउँ होस्? | कसरी उसको कुनै ठाउँ होस्? | ||
| कुन ठाउँ हुन्छ यस्तो | कुन ठाउँ हुन्छ यस्तो | ||
| − | जो छोडिएपछि  | + | जो छोडिएपछि आइमाई बन्ने गर्छ ।   | 
| काटिएका नङहरू, र | काटिएका नङहरू, र | ||
| काइँयोमा झल्झिएर उखेलिएका केशजसरी | काइँयोमा झल्झिएर उखेलिएका केशजसरी | ||
| बढारेर मिल्काइदिने खाले? | बढारेर मिल्काइदिने खाले? | ||
| − | घर छुट्यो, आँगन छोडियो,  | + | घर छुट्यो, आँगन छोडियो, छोडिइए मान्छे र बगैँचाहरू | 
| − | केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि  | + | केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि छोडिइए! | 
| छुट्दै गए ठाउँहरू | छुट्दै गए ठाउँहरू | ||
| तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त   | तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त   | ||
| पंक्ति 57: | पंक्ति 57: | ||
| त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ | त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ | ||
| जसरी पढिन्छ तुकारामको कुनै | जसरी पढिन्छ तुकारामको कुनै | ||
| − | अधूरो  | + | अधूरो अभङ्ग!   | 
| + | ...................................................................... | ||
| + | '''[[बेजगह / अनामिका |इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।]]''' | ||
| </poem> | </poem> | ||
10:01, 26 अगस्त 2023 के समय का अवतरण
"आफ्ना ठाउँबाट निस्केपछि
कतैका रहँदैनन्
केश, आइमाई र नङहरू"- 
व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी
हामीलाई संस्कृत पढाउने गुरु ।
ठाउँ? ठाउँ भनेको के हो?
त्यसरी बुझेका थियौँ हामीले
एक कक्षामा पढ्दैखेरी । 
याद थियो हामीलाई एकएक क्षण
आरम्भिक पाठहरूको -
राम, पाठशाला जा !
राधा, भात पका !
राम, आइज मिठाई खा !
राधा, घर बढार् !
भाइको सुत्ने बेला भयो
गएर ओच्छ्यान लगा !
आहा! नयाँ घर!
राम, हेर यो तेरो कोठा हो!
'अनि मेरो?'
'ए, लाटी,
छोरी त हावा, घाम, माटो हो
उसको कुनै घर हुँदैन'।"
जसको कुनै घर नै हुँदैन-
कसरी उसको कुनै ठाउँ होस्?
कुन ठाउँ हुन्छ यस्तो
जो छोडिएपछि आइमाई बन्ने गर्छ । 
काटिएका नङहरू, र
काइँयोमा झल्झिएर उखेलिएका केशजसरी
बढारेर मिल्काइदिने खाले?
घर छुट्यो, आँगन छोडियो, छोडिइए मान्छे र बगैँचाहरू
केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि छोडिइए!
छुट्दै गए ठाउँहरू
तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त 
कहिल्यै लाग्दै लागेन! 
परम्पराबाट छोडिएपछि केवल यस्तो लाग्छ-
कुनै ठूलो क्लासिक रचनाबाट झिकेर
बी.ए. पासकोर्सको प्रश्नपत्रमा छर्किएको
एउटा सानो पङ्ति हुँ - 
चाहन्नँ तर
कोही गर्न थालोस्
मेरो सप्रसङ्ग व्याख्या । 
सारा सन्दर्भहरूलाई पार गरेर 
मुस्किलले उडेर पुगेकी छु
त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ
जसरी पढिन्छ तुकारामको कुनै
अधूरो अभङ्ग! 
 
......................................................................
इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।
 
	
	

