भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"ए, बिलाउँदै गरेका क्षणिक शब्दहरूका बीच हिँड्नेहरू हो! / महमुद दरविस / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=महमूद दरवेश |अनुवादक=सुमन पोखरेल...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 18: पंक्ति 18:
  
  
तिमीहरूका तर्फबाट फलाम र आगो, हाम्रोतर्फबाट हाम्रो शरीरको मांसपिण्ड  
+
तिमीहरूका तर्फबाट फलाम र आगो, हाम्रातर्फबाट हाम्रो शरीरको मांसपिण्ड  
तिमीहरूका तर्फबाट फेरि अर्को ट्याङ्क, हाम्रो तर्फबाट ढुङ्गामुढा
+
तिमीहरूका तर्फबाट फेरि अर्को ट्याङ्क, हाम्रातर्फबाट ढुङ्गामुढा
तिमीहरूका तर्फबाट अश्रुग्यास, हाम्रो तर्फबाट वर्षा...
+
तिमीहरूका तर्फबाट अश्रुग्यास, हाम्रातर्फबाट वर्षा...
  
 
ए, बिलाउँदै गरेका क्षणिक शब्दहरूका बीच हिँड्नेहरू हो!
 
ए, बिलाउँदै गरेका क्षणिक शब्दहरूका बीच हिँड्नेहरू हो!
  
तिमीहरू यहाँबाट गइहाल  
+
यहाँबाट गइहाल तिमीहरू
  
जहाँ गएर बस्न मन लाग्छ, बस; तर हामी माझ नबस
+
जहाँ गएर बाँच्न मन लाग्छ, बाँच; तर हामी माझ नबस
  
तिमीहरू यहाँबाट गइहाल  
+
यहाँबाट गइहाल तिमीहरू
  
 
जहाँ मर्न मन लाग्छ, मर; तर हाम्रा माझमा आएर नमर  
 
जहाँ मर्न मन लाग्छ, मर; तर हाम्रा माझमा आएर नमर  

09:22, 30 अक्टूबर 2023 के समय का अवतरण

ए, बिलाउँदै गरेका क्षणिक शब्दहरूका बीच हिँड्नेहरू हो
आ-आफ्ना नाम बोक, र जाओ
हाम्रो समयमा अड्केको तिम्रो क्षणिकतालाई बढारेर लैजाओ
समुद्रको नीलोपनबाट जेजे लान मन छ, चोर, र लैजाओ
स्मृतिका बालुवाहरू लैजाओ
चाहेका जति बिम्बहरू लैजाओ
अनि मात्र बुझ्नेछौ तिमीहरूले,
तिमीहरूले केही पनि लान सक्ने छैनौ भनेर,
बुझ्नेछौ, हाम्रा बारीका ढुङ्गा, कसरी
हाम्रो आकाशको छानो बनेका छन् ।


तिमीहरूका तर्फबाट फलाम र आगो, हाम्रातर्फबाट हाम्रो शरीरको मांसपिण्ड
तिमीहरूका तर्फबाट फेरि अर्को ट्याङ्क, हाम्रातर्फबाट ढुङ्गामुढा
तिमीहरूका तर्फबाट अश्रुग्यास, हाम्रातर्फबाट वर्षा...

ए, बिलाउँदै गरेका क्षणिक शब्दहरूका बीच हिँड्नेहरू हो!

यहाँबाट गइहाल तिमीहरू

जहाँ गएर बाँच्न मन लाग्छ, बाँच; तर हामी माझ नबस

यहाँबाट गइहाल तिमीहरू

जहाँ मर्न मन लाग्छ, मर; तर हाम्रा माझमा आएर नमर

किनभने, काम गर्नु छ हामीलाई
आफ्नो भूमिमा

हाम्रो देश छोड
हाम्रो भूमि, हाम्रो सागर
हाम्रो गहुँ, हाम्रो नून, र हाम्रा घाउहरू
सबै थोकलाई छोड,
र छोड
स्मृतिका स्मृतिहरूलाई
ए, बिलाउँदै गरेका क्षणिक शब्दहरूका बीच हिँड्नेहरू हो !