भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"कहाँ हुन्छ आफ्नो माटो बिरानो / रीता खत्री" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रीता खत्री |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
09:43, 10 जुलाई 2024 के समय का अवतरण
कहाँ हुन्छ आफ्नो माटो बिरानो
आफू हिंडेको त्यो बाटो बिरानो ।
जति बिर्सूं भन्छु उति याद आउँछ
सुदूर सम्झनाको छ पाटो बिरानो ।
मेटेर कसले कहाँ मेट्न सक्छ
हुँदैन मायाको खाटो विरानो ।
खै कसरी रोपूँ म स्नेहको बिउ
छ आफ्नो मनको राटो बिरानो ।
सम्झनामा चसक्क सधैं देश दुख्छ
कहाँ हुन्छ गुन्द्रुक र आँटो बिरानो ?