भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"तिमी थियौ र त थिए / सानु शर्मा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('|संग्रह= }} {{KKCatGhazal}} {{KKCatNepaliRachna}} <poem> तिमी थियौ र त थिए सपनाहर...' के साथ नया पृष्ठ बनाया)
(कोई अंतर नहीं)

10:31, 10 जुलाई 2024 का अवतरण

|संग्रह=

}}

तिमी थियौ र त थिए सपनाहरू सुन
चाहँदैन यो मन अब त्यो आकाश छुन ।

निधारमा भए त म मेटिसक्थेँ बरु
मनको बह मात्रै रैछ नसकिने धुन ।

धेरै कुरा सिकाएको छ यो जिन्दगीले
नबिर्से नि' जानेको छु बिर्सिए झैंँ हुन ।

ए यादहरू ! फर्किएर जाओ अब उतै
बेफुर्सती छु म आजकल, सम्झिएर रुन ।