भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मुटु जलाई के भयो / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार= सुमन पोखरेल
 
|रचनाकार= सुमन पोखरेल
 
|अनुवादक=  
 
|अनुवादक=  
|संग्रह=
+
|संग्रह=सौन्दर्यको सङ्गीत / सुमन पोखरेल
 
}}
 
}}
 
{{KKCatGhazal}}
 
{{KKCatGhazal}}

20:43, 17 जुलाई 2024 के समय का अवतरण

भेद जान्ने तिमी नै हौ, भन यसलाई के भयो ?
छटपटिन्छ, बेचैन हुन्छ, मेरो मनलाई के भयो ?
 
त्यसै तप्त, कमनीय तिम्रो रूपलाई के भयो
मनको शान्त उपवनमा आगो सल्काई के भयो?
 
दिन जल्दछ बिहानैदेखि रात कट्छ छट्पटाई
माया गरेर के पाइयो, यो मुटु जलाई के भयो ?
 
किन यस्तो चियोचासो, किन विरोध मायाको
मेरो प्रेमले कसलाई दुख्यो, खै कसलाई के भयो ?
 
बुझ्नेले आफैँ बुझ्छ, नबुझ्नेले कहिल्यै बुझ्दैन
प्रेमका रङ्ग नबुझ्नेहरू नसोध, मलाई के भयो ?
 
उमङ्गको नदी थिइस्, सुहाएन तँलाई यस्तो
निराश छस् किन सुमन ! आज तँलाई के भयो ?