भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मनको बगैँचामा / सानु शर्मा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGh...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

20:28, 11 अगस्त 2024 के समय का अवतरण

मनको बगैँचामा बाढी पसेको धेरै भैसक्यो
तिमीले बचनको छुरा धसेको धेरै भैसक्यो

चोट दिनेहरूनै मल्हम लिएर आएका छन्
मेरा घाउहरूमा खाटा बसेको धेरै भैसक्यो

छोडिदेऊ फूल, बसन्त, जूनको कुरा गर्न
जिन्दगीका भोगाइले डसेको धेरै भैसक्यो

तर्साउन नखोज् ए मेध, यसरी गडगडाएर
मेरा सामु चट्याङ खसेको धेरै भैसक्यो

अझै परीक्षा बाँकी भए लिए हुन्छ, हे दैव  !
मैले नडराउन कम्मर कसेको धेरै भैसक्यो

सपना देखाई अल्झाउन नखोज् मलाई, सानु !
मेरो मन तेरा कुरामा फसेको धेरै भैसक्यो