भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सम्हालिन देऊ मलाई / सानु शर्मा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGh...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

21:01, 13 अगस्त 2024 के समय का अवतरण

सम्हालिन देऊ मलाई तिमीले दिएका चोटबाट
गुञ्जनेछु गजल बनी एक दिन तिम्रै ओठबाट

प्रवल भए मनको अठोट, लक्ष्य पक्कै भेटिनेछ
हुस्सु बाक्लै भए पनि चिहाउँछ घामले ओटबाट

कमी कमजोरी त आखिर ईश्वरकै पनि हुन्छन्
निराश हुनु किन, आफ्ना सानातिना खोटबाट

तिम्रा दुःखमा सँगै रुँदा कमजोर ठान्छौ भने
अन्जान रैछौ तिमी, मेरो मनको बनोटबाट

कतै केही भएझैँ छ, आँखा पूरै भिजेका छन्
आँशु त निस्कने हो, हृदयको विष्फोटबाट

जीवनलाई प्रेम गर्छु, प्रेम गर्छु जिन्दगीलाई
पछि हट्ने छैन अब, गरिसकेको अठोटबाट

कसैसँग जलिरहनु त, आफैँलाई सक्नु रहेछ
सिक्दैछु म सल्किएपछि सकिइजाने चुरोटबाट

मनचिन्ते मन छ, सानु! मेरो मनको मनभित्र
जे मन लाग्छ टिपे हुन्छ मेरो मनको बोटबाट