भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"घाउहरूको रङ्ग / सानु शर्मा" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
23:22, 14 अगस्त 2024 के समय का अवतरण
सुनेथेँ
एकपटक चट्याङ खसेको ठाउँमा
अर्को पटक खस्तैन रे,
रङ्ग चाहे जति नै गाढा होस्
त्यो सदाका लागि जस्ताको तस्तै बस्तैन रे !
तर
मेरा रहरहरूको आँगनमा भने
किसिमकिसिमको चट्याङ
घरिघरि खसिरहन्छ
कति नै कोशिश गरे पनि रोकिन्न
यसलाई रोक्नका लागि
के यो सृष्टिमा साँच्चै कुनै उपाय भेटिन्न?
मान्यताहरूलाई गलत सावित गर्दै
मेरा घाउहरूको रङ्ग
झनझन गाढा भइरहन्छ
कति नै कोशिस गरे पनि मेटिन्न
यसलाई मेटाउनका लागि
के यो सृष्टिमा साँच्चै कुनै ब्लीच भेटिन्न ?
००००