भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"प्रार्थना / गीता त्रिपाठी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=गीता त्रिपाठी |अनुवादक= |संग्रह=इ...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

20:09, 25 अगस्त 2024 के समय का अवतरण

 
असामयिक भएको हुनसक्छ
वा, कसैलाई लागिदिनसक्छ अप्रिय
हात जोडेर उभिएको यो बिहान
यो उपस्थिति,
यो प्रार्थना,
तर यो रहिरनेछ जारी ।

जिउनुबाट परित्यक्त बचाइ
बेचैन गुम्बा र गुठीहरू,
घर र गिर्जाघर
मस्जिद र मन्दिरहरू
चियाइरहेका निरिहता,
र, प्रतिकूलताबीच पनि
निर्विकल्प यस्तो एउटा खोज
जारी रहनेछ एकाग्रताको,
एउटा परिभ्रमण
एउटा अनिवार्यता
एउटा अनुक्रम योग-नियोगको
घटित रहनेछ निरन्तर ।

पराधीनताका अगणित अल्झाइहरूबीच
आफैभित्र निसास्सिइरहेका अल्पप्राण ध्वनिहरू
घाटबाट फर्किँदा,
घाँटीमै बेरिआएको,
चिसो गलबन्दीजस्तो यो समय
अपरिभाषित भएको हुनसक्छ
वा, कसैलाई लागिदिनसक्छ अगम्य
हात जोडेर उभिएको यो साँझ
यो आरति,
यो अभिषेक,
यो अभिवन्दना,
जारिरहनेछ निरन्तर

जारी रहिरहनेछ !