भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"आऊ हे वर्षा / माधवप्रसाद घिमिरे" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

21:57, 3 सितम्बर 2024 के समय का अवतरण

आऊ हे वर्षा ! कोसेली. पोल्टो बादल फोएर
हरिया वन चहुर खेत छायाले छोएर ।

प्रारम्भ गर नीलम धारा वनको कुनामा
घाम र पानी लुटाइदेऊ घरको छानामा
डुबाईदेऊ हृदय सारा रिमझिम गानामा
आऊ है वर्षा ! कोसेली-पोल्टो बादल फोएर
हरिया वन चहुर खेत छायाले छोएर ।

रन र वन घरेर घन-घटामा कड्किए
चपाई ढुङ्गा पहाडी गङ्गाहरूमा गड्किए
पुराना सृष्टि पहिरा हाली वनमा चड्किए
आऊ हे वर्षा ! कोसेली-पोल्टो बादल फोएर
हरिया वन चहुर खेत छायाले छोएर ।

सुनेर तिम्रो जीवनदायी मधुर गर्जन
पृथिवी ब्यूँझून् पलाई आओस् नवीन सिर्जन
नदी र नाला बोकेर हिँड्न चञ्चल जीवन
आऊ हे वर्षा ! कोसेली-पोल्टो बादल फोएर
हरिया बन चहुर खेत छायाले छोएर ।

जीवन दान गरौली तिमी हृदय फोएर
शान्तिको शुभ्र देशमा जाउली चाँदनी छोएर
म तिमीलाई सम्झूँला सधैँ झ्यालमा रोएर
आऊ हे वर्षा ! कोसेली-पोल्टो बादल फोएर
हरिया बन चहुर खेत छायाले छोएर ।

........................
परोपकार, ३।६, पौष २०१२