भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"आज बिदाको दिन हो / पारिजात" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) छो (Sirjanbindu ने आधार / पारिजात पृष्ठ आज बिदाको दिन हो / पारिजात पर स्थानांतरित किया: correction) |
(कोई अंतर नहीं)
|
11:24, 4 सितम्बर 2024 के समय का अवतरण
प्रिये ! आज बिदाको दिन हो
के मलाई हेरिदिन्नौ?
ती सागर नयनहरुले
जसका प्रदर्शन पहिल्याइ
मलाई जीवनको किनारा पुग्नु छ।
प्रिये ! आज आत्मसमर्पणको दिन हो के
मलाई पहिराइदिन्नौ?
अश्रुबूँदहरूको माला
जसको पत्र-पत्रको सुगन्धमा
आफैँलाई समावेश गर्नुछ ।
प्रिये ! आज मैले जीवन बिसर्जन गरेँ
के मलाई समात्न दिन्नौ?
सम्झनाको त्यो झिनो धागो
जसमा झुण्डिदै झुण्डिदै मैले अन्तिम श्वास निभाउनु छ ।
प्रिये !आज विदाको दिन हो ।