भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"शहर २ / दीपक शम्चू" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दीपक शम्चू |अनुवादक= |संग्रह=अनुह...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

14:12, 7 सितम्बर 2024 के समय का अवतरण

यस शहरमा
थुप्रै दुःखहरू छन्
थुप्रै पीडाहरू छन्
थुप्रै घाउहरू छन्
र छन् चोटहरू ।

तर यहाँ
दुख्दैनन् दुःखहरू
पिरोल्दैनन् पीडाहरू
बल्झिदैनन् घाउहरू
चोइटिएर अन्यत्र कतै
खस्दैनन् चोटहरू |

वेदना लुकाएर अन्तस्करणमा
आडम्बरी मुस्कान फ्याँक्छ
झोलामा भिरेर हतार
आधुनिकता हुङ्कार्छ अँध्यारो
विलासिता जोगाउँछ अभाव
छिचोलेर विकृति गर्व गर्छ अहम् ।

कृत्रिमतामा डुबेर
स्वर्गीय आनन्दानुभूतिको प्रचार गर्छ
ढाँगी शहर |

०००