भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सम्बोधन शिक्षकलाई / दीपक शम्चू" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दीपक शम्चू |अनुवादक= |संग्रह=अनुह...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

14:45, 7 सितम्बर 2024 के समय का अवतरण

महोदय,
मैले, मेरो मुटुको धड्कन मबाट छुट्टाएर
पठाएको छु त्यो पवित्र बगैँचामा
उसलाई लालिगुँरास फूल सजाउनुहोस् या बन्सो
फूलका थुङ्गा–थुङ्गामा डाँफे नचाउनुहोस् या लाटकोसेरो ।

ऊ काँचो माटो हो
उसलाई टपक्क घाम टिपेर दिनुहुन्छ कि
बनाउनुहुन्छ सूर्यमुखी फूल
प्राकृतिक सौन्दर्य चिनाउनु हुन्छ कि
बनाउनुहुन्छ सङ्गीत दिने बाजा
मलाई थाहा छैन - तपाईं के गर्नुहुन्छ !

लिङ्कनले झैँ भन्दिनँ
"मेरो छोराले दुःखमा आँसु झार्न सकोस् ।"
र चाहना राख्दिनँ
कुशल डाक्टरले झैँ शल्याक्रिया गरी निको पारोस् बिरामी
सक्षम इन्जिनियरले झैँ सुन्दर संसारको रचना गरोस् ।

महाशय,
मलाई, मात्र यो विश्वास छ
तपाई मेरो छोरालाई राम्ररी चिन्नुहुनेछ, प्रष्ट बुझनुहुनेछ ।

उसले
हाँस्दाहाँस्दै, खेल्दाखेल्दै रमाउँदारमाउँदै
आफ्नो आमाको मुहारसँगै
आफूलाई राम्ररी चिन्न सकोस् ।
०००