"देहव्यापार / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
हो, देहव्यापार हुन्छ यहाँ | हो, देहव्यापार हुन्छ यहाँ | ||
कहिले भएन ? | कहिले भएन ? | ||
पंक्ति 17: | पंक्ति 16: | ||
तिमीलाई त फगत मेरो शरीर चाहिएको छ | तिमीलाई त फगत मेरो शरीर चाहिएको छ | ||
बस, यसैलाई सम्ठचाऊ । | बस, यसैलाई सम्ठचाऊ । | ||
+ | |||
सम्भोगका लागि किन वा बेच | सम्भोगका लागि किन वा बेच | ||
मायाको नाममा आफ्नो बनाई भोग | मायाको नाममा आफ्नो बनाई भोग | ||
पंक्ति 25: | पंक्ति 25: | ||
तिमी त खालि उपासक मेरो शरीरको | तिमी त खालि उपासक मेरो शरीरको | ||
कुनै निहुँले बस यसलाई नै लेऊ । | कुनै निहुँले बस यसलाई नै लेऊ । | ||
+ | |||
यो मन मेरो | यो मन मेरो | ||
कसले बुझेको छ ? | कसले बुझेको छ ? | ||
पंक्ति 31: | पंक्ति 32: | ||
म सृष्टिको एउटा उत्कृष्ट रचना | म सृष्टिको एउटा उत्कृष्ट रचना | ||
केवल वासनाको आकाङ्क्षा भई बाँचें सदा । | केवल वासनाको आकाङ्क्षा भई बाँचें सदा । | ||
+ | |||
यहाँ सम्बन्धको पर्खाल मानिदैन | यहाँ सम्बन्धको पर्खाल मानिदैन | ||
उमेरको फरक रहँदैन | उमेरको फरक रहँदैन | ||
पंक्ति 36: | पंक्ति 38: | ||
शरीर सुमसुम्याउन | शरीर सुमसुम्याउन | ||
तिम्रो हात चुक्दैन । | तिम्रो हात चुक्दैन । | ||
+ | |||
हो, देहव्यापार हुन्छ यहाँ | हो, देहव्यापार हुन्छ यहाँ | ||
कहिले पो भएन ? | कहिले पो भएन ? | ||
पंक्ति 43: | पंक्ति 46: | ||
मेरो शरीर नै देख्नेछौ | मेरो शरीर नै देख्नेछौ | ||
जताततै जहाँतहाँ । | जताततै जहाँतहाँ । | ||
+ | |||
बस, फरक यति नै छ आज | बस, फरक यति नै छ आज | ||
पहिले तिमी जबरजस्ती गर्थ्यो | पहिले तिमी जबरजस्ती गर्थ्यो | ||
पंक्ति 48: | पंक्ति 52: | ||
आफै नाङ्गिन्छु, बेचिन्छु । | आफै नाङ्गिन्छु, बेचिन्छु । | ||
र आफ्नो किमत असुल गर्छ । | र आफ्नो किमत असुल गर्छ । | ||
+ | |||
सके यही एक मात्र | सके यही एक मात्र | ||
आकर्षण छ तिम्रो मप्रति | आकर्षण छ तिम्रो मप्रति | ||
सके यही एक मात्र | सके यही एक मात्र | ||
नियन्त्रण छ मेरो तिमीमाथि । | नियन्त्रण छ मेरो तिमीमाथि । | ||
+ | |||
जबसम्म तिमीभित्रको जनावर मर्दैन | जबसम्म तिमीभित्रको जनावर मर्दैन | ||
र मेरो स्वाभिमान बिउँझँदैन | र मेरो स्वाभिमान बिउँझँदैन |
21:28, 7 सितम्बर 2024 के समय का अवतरण
हो, देहव्यापार हुन्छ यहाँ
कहिले भएन ?
बजारमा बोली लगाऊ
वा घरमा सम्बन्धको जामा पहिराऊ
वा मञ्चमा सुन्दरताको नाम दिएर
मेरा अङ्गअङ्गको प्रदर्शन गर्दै मलाई नङ्ग्याऊ
तिमीलाई त फगत मेरो शरीर चाहिएको छ
बस, यसैलाई सम्ठचाऊ ।
सम्भोगका लागि किन वा बेच
मायाको नाममा आफ्नो बनाई भोग
वा मेरो गर्भमा आफ्नो वंशलाई खोज
कि, मबाट अरू केही कमाइ गर्ने सोच
नाम केही देऊ
कुनै झूटो सम्मान देऊ
तिमी त खालि उपासक मेरो शरीरको
कुनै निहुँले बस यसलाई नै लेऊ ।
यो मन मेरो
कसले बुझेको छ ?
कसले खोजेको छ ?
कसलाई चाहिएको छ ?
म सृष्टिको एउटा उत्कृष्ट रचना
केवल वासनाको आकाङ्क्षा भई बाँचें सदा ।
यहाँ सम्बन्धको पर्खाल मानिदैन
उमेरको फरक रहँदैन
काखमा बसेका नानीको समेत
शरीर सुमसुम्याउन
तिम्रो हात चुक्दैन ।
हो, देहव्यापार हुन्छ यहाँ
कहिले पो भएन ?
सडकसडकमा, घरघरमा
मञ्च, अखबार, सिनेमा, टेलिभिजनमा
आँखा उठाएर हेर
मेरो शरीर नै देख्नेछौ
जताततै जहाँतहाँ ।
बस, फरक यति नै छ आज
पहिले तिमी जबरजस्ती गर्थ्यो
अब म स्वयं स्वेच्छाले
आफै नाङ्गिन्छु, बेचिन्छु ।
र आफ्नो किमत असुल गर्छ ।
सके यही एक मात्र
आकर्षण छ तिम्रो मप्रति
सके यही एक मात्र
नियन्त्रण छ मेरो तिमीमाथि ।
जबसम्म तिमीभित्रको जनावर मर्दैन
र मेरो स्वाभिमान बिउँझँदैन
यो व्यवहार यसरी नै हुनेछ
यो व्यापार यसरी नै चल्नेछ ।