"प्रवासीको देश / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
आँखामा चोरेर हालूँ ? | आँखामा चोरेर हालूँ ? | ||
कि मनमा सोहोरेर भरूँ? | कि मनमा सोहोरेर भरूँ? | ||
ए देश । | ए देश । | ||
+ | |||
कसरी म तिमीलाई | कसरी म तिमीलाई | ||
आफूसित लगूं ? | आफूसित लगूं ? | ||
पंक्ति 23: | पंक्ति 23: | ||
केही फरक भइदिन्छ | केही फरक भइदिन्छ | ||
खै कुन्नि, कता कसरी ! | खै कुन्नि, कता कसरी ! | ||
+ | |||
अरू आकाशमा | अरू आकाशमा | ||
आफ्नो क्षितिज देख्दिनँ | आफ्नो क्षितिज देख्दिनँ | ||
पंक्ति 32: | पंक्ति 33: | ||
ए देश ! | ए देश ! | ||
म तिमीकहाँ । | म तिमीकहाँ । | ||
+ | |||
यो माटोले च्याप्छ मलाई | यो माटोले च्याप्छ मलाई | ||
आमाको काखझैँ | आमाको काखझैँ | ||
पंक्ति 40: | पंक्ति 42: | ||
त्यो पहाडको फेदीमा बसेको छ | त्यो पहाडको फेदीमा बसेको छ | ||
मेरो गाउँ, मेरो घर त्यहाँ । | मेरो गाउँ, मेरो घर त्यहाँ । | ||
+ | |||
तिमीलाई छाडेर | तिमीलाई छाडेर | ||
म तिम्रो भइनँ | म तिम्रो भइनँ |
21:33, 7 सितम्बर 2024 के समय का अवतरण
आँखामा चोरेर हालूँ ?
कि मनमा सोहोरेर भरूँ?
ए देश ।
कसरी म तिमीलाई
आफूसित लगूं ?
हुन त, यहाँ पनि
जहाँ पनि
उही माटो छ
आकाश उही,
उही पानी छ
बतास उही
तर केही त फरक छ
केही फरक भइदिन्छ
खै कुन्नि, कता कसरी !
अरू आकाशमा
आफ्नो क्षितिज देख्दिनँ
पाउँदिनँ बादलमा मेरा सपना
बतासले ल्याउँदैन अरू कतै
परिचित बास्ना,
मानिसमा भेट्दिनँ कोही आफ्ना
र फर्केर आउँछु फेरिफेरि
ए देश !
म तिमीकहाँ ।
यो माटोले च्याप्छ मलाई
आमाको काखझैँ
बाटोले बोलाउँछ यहाँ
मायालुको आँखा भई
खोलानालामा बगेको छ
मेरो जीवनको प्रवाह जहाँ
त्यो पहाडको फेदीमा बसेको छ
मेरो गाउँ, मेरो घर त्यहाँ ।
तिमीलाई छाडेर
म तिम्रो भइनँ
अरूलाई पाएर पनि
म अरूको हुन सकिनँ
ए देश !
कसरी बिर्सूँ म तिमीलाई भन ?
कसरी पाऊँ म तिमीलाई अरू कतै अब ।