"म, आमा र छोरी / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) छो |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 22: | पंक्ति 22: | ||
शोषणको पहिलो लक्षण | शोषणको पहिलो लक्षण | ||
त्यागको आह्वान हुँदो रहेछ । | त्यागको आह्वान हुँदो रहेछ । | ||
+ | |||
हामी महान् बन्ने आकाङ्क्षामा नै | हामी महान् बन्ने आकाङ्क्षामा नै | ||
मरेका छौँ सदा यहाँ । | मरेका छौँ सदा यहाँ । | ||
पंक्ति 30: | पंक्ति 31: | ||
कहिलेकाहीँ सोच्छु | कहिलेकाहीँ सोच्छु | ||
आमाले कुनै सपना पनि देखेकी थिइन् र ? | आमाले कुनै सपना पनि देखेकी थिइन् र ? | ||
+ | |||
उनको जीवन त बित्यो | उनको जीवन त बित्यो | ||
हानै सेवामा | हानै सेवामा | ||
पंक्ति 37: | पंक्ति 39: | ||
तर उनी सुखी थिइन् | तर उनी सुखी थिइन् | ||
उनको दु:ख पनि हाम्रै दुःखमा थियो । | उनको दु:ख पनि हाम्रै दुःखमा थियो । | ||
+ | |||
मैले बुझ्न सकिनँ कहिल्यै | मैले बुझ्न सकिनँ कहिल्यै | ||
अस्तित्वविनाको त्यो अस्तित्व | अस्तित्वविनाको त्यो अस्तित्व | ||
पंक्ति 42: | पंक्ति 45: | ||
तर कहिलेकाहीँ लामो सुस्केरामा | तर कहिलेकाहीँ लामो सुस्केरामा | ||
भन्थिन् उनी, "नानी । तिमी मझैँ नभए" । | भन्थिन् उनी, "नानी । तिमी मझैँ नभए" । | ||
+ | |||
आमाभन्दा भिन्न भई | आमाभन्दा भिन्न भई | ||
बाँच्ने रहरमा हुर्केकी म | बाँच्ने रहरमा हुर्केकी म | ||
पंक्ति 47: | पंक्ति 51: | ||
म साँच्चै फरक हुन थालेँ | म साँच्चै फरक हुन थालेँ | ||
तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि । | तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि । | ||
+ | |||
पितालाई क्षमा गर्न सकिनँ मैले | पितालाई क्षमा गर्न सकिनँ मैले | ||
आमाको अवस्था सम्झँदा | आमाको अवस्था सम्झँदा | ||
पंक्ति 54: | पंक्ति 59: | ||
तर आमा अन्धो परिक्रमा गरी | तर आमा अन्धो परिक्रमा गरी | ||
पूजा गर्न सकिनँ मैले उनको । | पूजा गर्न सकिनँ मैले उनको । | ||
+ | |||
माया गरेर, माया खोज्न थालेकी थिएँ म | माया गरेर, माया खोज्न थालेकी थिएँ म | ||
जीवनलाई साझा उत्तरदायित्व मानी | जीवनलाई साझा उत्तरदायित्व मानी | ||
बेहोर्न चाहन्थेँ म । | बेहोर्न चाहन्थेँ म । | ||
+ | |||
अब घरबारमा मात्र सीमित थिएनन् | अब घरबारमा मात्र सीमित थिएनन् | ||
मेरा आकाङ्क्षा | मेरा आकाङ्क्षा | ||
पंक्ति 65: | पंक्ति 72: | ||
आफ्ना संस्कारसित कतै | आफ्ना संस्कारसित कतै | ||
र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले । | र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले । | ||
+ | |||
त्यसैले छोरी ! | त्यसैले छोरी ! | ||
मैले तिमीलाई | मैले तिमीलाई | ||
पंक्ति 78: | पंक्ति 86: | ||
आफ्नो निम्ति आफैँ रोजे | आफ्नो निम्ति आफैँ रोजे | ||
र आफूलाई चिनेर बाँचे। | र आफूलाई चिनेर बाँचे। | ||
+ | |||
छोरी । आज म तिमीलाई | छोरी । आज म तिमीलाई | ||
नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु | नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु |
21:35, 7 सितम्बर 2024 के समय का अवतरण
छोरी ! आज म तिमीलाई
नयाँ जीवनको आशीर्वाद दिन चाहन्छु
वरदान नै दिने थिएँ
तर यस्ता दैवी शक्ति ममा छैनन्
भएको भए
म तिम्रो जीवनको सम्पूर्ण ढाँचा फेरिदिने थिएँ
अनि तिमी यसलाई आफ्नो मानी
आफूले चाहेझै बाँच्ने थियौ ।
अरूका निम्ति बाँच्ने
आदर्श बोकेको इतिहास हाम्रो
घिन लागिसक्यो मलाई
यस्ता आत्मदाहदेखि
शोषणको पहिलो लक्षण
त्यागको आह्वान हुँदो रहेछ ।
हामी महान् बन्ने आकाङ्क्षामा नै
मरेका छौँ सदा यहाँ ।
मेरी आमाको तरुनो अनुहार
अझै सम्झन्छु म
बिस्तारै बिस्तारै चाउरीका पत्रमा
खुम्चिँदै गए क्यार उनका सपना सबै
कहिलेकाहीँ सोच्छु
आमाले कुनै सपना पनि देखेकी थिइन् र ?
उनको जीवन त बित्यो
हानै सेवामा
घरबारमै सीमित थियो उनको संसार
साँगुरो आकाङ्क्षाका ती सानासाना सुखदुःख
म पीडित हुन्थेँ आमाको अवस्था देख्दा
तर उनी सुखी थिइन्
उनको दु:ख पनि हाम्रै दुःखमा थियो ।
मैले बुझ्न सकिनँ कहिल्यै
अस्तित्वविनाको त्यो अस्तित्व
आफूलाई बिर्सेर पाएको त्यो सन्तोष
तर कहिलेकाहीँ लामो सुस्केरामा
भन्थिन् उनी, "नानी । तिमी मझैँ नभए" ।
आमाभन्दा भिन्न भई
बाँच्ने रहरमा हुर्केकी म
उनको त्यो जीवन मेरो अस्तित्वबोध भयो
म साँच्चै फरक हुन थालेँ
तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि ।
पितालाई क्षमा गर्न सकिनँ मैले
आमाको अवस्था सम्झँदा
प्रेमी मेरो कल्पनामा बाँचे
पति प्रेमी हुन सकेनन्
उनी त पुरुष परमेश्वर भई आए जीवनमा
तर आमा अन्धो परिक्रमा गरी
पूजा गर्न सकिनँ मैले उनको ।
माया गरेर, माया खोज्न थालेकी थिएँ म
जीवनलाई साझा उत्तरदायित्व मानी
बेहोर्न चाहन्थेँ म ।
अब घरबारमा मात्र सीमित थिएनन्
मेरा आकाङ्क्षा
ती फराकिँदै गएको अनुभूतिमा
म आत्तिएँ केही फेरिएको थिएन कतै अझै
मबाहेक,
म आफैँ पनि त्रसित हुन्थेँ
आफ्ना संस्कारसित कतै
र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले ।
त्यसैले छोरी !
मैले तिमीलाई
पुराना मान्यताको बोझ दिएर
कुनै भ्रममा हुर्काइनँ,
नाङ्गो भई बाँचेंँ म आफ्ना व्यथामा
लुकाइनँ ती अपमान संरक्षणले गरेका
मेरो अस्तित्वको
कति एक्लै भई बाँचेँ म सबैसित
लुकाइनँ मेरो पीडा साथी पाउन नसकेको
छोरी ! तिमी कहिल्यै एक्लो नभए !
तिमी सबल, समर्थ भएर आफ्ना सबै मान्यता
आफ्नो निम्ति आफैँ रोजे
र आफूलाई चिनेर बाँचे।
छोरी । आज म तिमीलाई
नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु
मेरी आमाले दिएका पुराना सपनामा
ज्यादै कमजोर भई बाँचेँ म।