"मेरो अस्तित्वको घर / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
आमाको काख | आमाको काख | ||
बाबुको काँध | बाबुको काँध | ||
पंक्ति 15: | पंक्ति 14: | ||
आज सबै टाढा भए | आज सबै टाढा भए | ||
खै ती कहाँ गए ? | खै ती कहाँ गए ? | ||
+ | |||
मनको कुनाकाप्चामा | मनको कुनाकाप्चामा | ||
छरिएका छन् खालि सम्झना | छरिएका छन् खालि सम्झना | ||
एउटा जन्म र जीवनको | एउटा जन्म र जीवनको | ||
केही सम्बन्ध र सम्पर्कको । | केही सम्बन्ध र सम्पर्कको । | ||
+ | |||
किन दुख्छ यो चित्त अझै ? | किन दुख्छ यो चित्त अझै ? | ||
सम्झँदा त्यो परिवार | सम्झँदा त्यो परिवार | ||
पंक्ति 25: | पंक्ति 26: | ||
मेरो परिवार | मेरो परिवार | ||
जहाँ म हुर्के । | जहाँ म हुर्के । | ||
+ | |||
म पाहुना भई आएछु | म पाहुना भई आएछु | ||
आफ्नामा | आफ्नामा | ||
मेरा आफन्तले नै त्यागे मलाई | मेरा आफन्तले नै त्यागे मलाई | ||
बाँच्न बिरानोमा । | बाँच्न बिरानोमा । | ||
+ | |||
तापनि किन पर्खन्छ यो मन ? | तापनि किन पर्खन्छ यो मन ? | ||
− | + | जीवनपर्यन्त | |
कुनै आग्रह, केही सम्बोधन | कुनै आग्रह, केही सम्बोधन | ||
"नानी। तिमी घर आऊ | "नानी। तिमी घर आऊ | ||
तिम्रो ठाउँ अझै रित्तै छ ।“ | तिम्रो ठाउँ अझै रित्तै छ ।“ | ||
+ | |||
तर कोही आउँदैन | तर कोही आउँदैन | ||
कसैले बोलाउँदैन । | कसैले बोलाउँदैन । | ||
पंक्ति 39: | पंक्ति 43: | ||
बिस्तारैबिस्तारै बढार्दै जान्छौं हामी | बिस्तारैबिस्तारै बढार्दै जान्छौं हामी | ||
जीवनवाहिर । | जीवनवाहिर । | ||
+ | |||
भैगो कूटो नै भए पनि | भैगो कूटो नै भए पनि | ||
केही भ्रम त राख | केही भ्रम त राख | ||
पंक्ति 47: | पंक्ति 52: | ||
कसरी फुकालू यो मायाको गाँठो ? | कसरी फुकालू यो मायाको गाँठो ? | ||
बाँधिएको छ त्यो कतै अझै त्यहीं । | बाँधिएको छ त्यो कतै अझै त्यहीं । | ||
+ | |||
अनि एक दिन कसैले | अनि एक दिन कसैले | ||
त्यो मेरो भई आएकाले | त्यो मेरो भई आएकाले | ||
पंक्ति 52: | पंक्ति 58: | ||
उसको घरदैलो, जीवनमा | उसको घरदैलो, जीवनमा | ||
आफ्नो बनाई । | आफ्नो बनाई । | ||
+ | |||
भावनाका सबै रङ पोते मैले | भावनाका सबै रङ पोते मैले | ||
त्यहाँको झ्याल, ढोका, भित्तामा | त्यहाँको झ्याल, ढोका, भित्तामा | ||
पंक्ति 58: | पंक्ति 65: | ||
र आफ्ना सपना कुन्डयाएँ | र आफ्ना सपना कुन्डयाएँ | ||
त्यो धुरीमा । | त्यो धुरीमा । | ||
+ | |||
सिन्कासिन्का बटुलेर | सिन्कासिन्का बटुलेर | ||
बनाएँ एउटा गुंड मैले | बनाएँ एउटा गुंड मैले | ||
सबै हुरीबतासबाट लुकाएँ | सबै हुरीबतासबाट लुकाएँ | ||
बचाएँ, मेरो सर्वस्व मेरो घर मैले । | बचाएँ, मेरो सर्वस्व मेरो घर मैले । | ||
+ | |||
तर अकस्मात् एक दिन | तर अकस्मात् एक दिन | ||
उसले पनि भनिहाल्यो कुनै अहंमा | उसले पनि भनिहाल्यो कुनै अहंमा |
21:37, 7 सितम्बर 2024 के समय का अवतरण
आमाको काख
बाबुको काँध
मैले खेलेको चोक
र हिंडेको गल्ली
आज सबै टाढा भए
खै ती कहाँ गए ?
मनको कुनाकाप्चामा
छरिएका छन् खालि सम्झना
एउटा जन्म र जीवनको
केही सम्बन्ध र सम्पर्कको ।
किन दुख्छ यो चित्त अझै ?
सम्झँदा त्यो परिवार
जहाँ म जन्में,
किन मेरो ठहरिएन त्यो घरदैलो ?
मेरो परिवार
जहाँ म हुर्के ।
म पाहुना भई आएछु
आफ्नामा
मेरा आफन्तले नै त्यागे मलाई
बाँच्न बिरानोमा ।
तापनि किन पर्खन्छ यो मन ?
जीवनपर्यन्त
कुनै आग्रह, केही सम्बोधन
"नानी। तिमी घर आऊ
तिम्रो ठाउँ अझै रित्तै छ ।“
तर कोही आउँदैन
कसैले बोलाउँदैन ।
सम्बन्ध कसिङ्गरकै हुँदो रहेछ
बिस्तारैबिस्तारै बढार्दै जान्छौं हामी
जीवनवाहिर ।
भैगो कूटो नै भए पनि
केही भ्रम त राख
मेरो मन त राख
हिजोसम्म म तिमै थिए.
केही छुटेका छन् त्यहाँ तिमीकहाँ
मेरा पनि
कसरी फुकालू यो मायाको गाँठो ?
बाँधिएको छ त्यो कतै अझै त्यहीं ।
अनि एक दिन कसैले
त्यो मेरो भई आएकाले
निम्त्यायो मलाई
उसको घरदैलो, जीवनमा
आफ्नो बनाई ।
भावनाका सबै रङ पोते मैले
त्यहाँको झ्याल, ढोका, भित्तामा
न्यानो माया ओछचाएँ
नाङ्गो भुइँमा
र आफ्ना सपना कुन्डयाएँ
त्यो धुरीमा ।
सिन्कासिन्का बटुलेर
बनाएँ एउटा गुंड मैले
सबै हुरीबतासबाट लुकाएँ
बचाएँ, मेरो सर्वस्व मेरो घर मैले ।
तर अकस्मात् एक दिन
उसले पनि भनिहाल्यो कुनै अहंमा
त्यो घर मेरो हैन
उसको रे !
अस्तित्वको यस्ता अपमान
अब म खप्न सक्दिनँ
सम्पूर्ण जीवन बाँचेछु
अरुको घरलाई आफ्नो मानी
अब एक बित्ता भए पनि
आफ्नै ठाउँ खोज्नेछु
म मेरो निम्ति
मेरो घर बनाउनेछु
जहाँबाट कसैले
मलाई फेरि गलहत्याउँदैन ।