"साथी / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
प्रिय पुरुष । | प्रिय पुरुष । | ||
आऊ साथी भई | आऊ साथी भई | ||
बाँचौँ अब । | बाँचौँ अब । | ||
+ | |||
पिता भनी मानें तिमीलाई | पिता भनी मानें तिमीलाई | ||
भाइ जानी चाहें | भाइ जानी चाहें | ||
पंक्ति 24: | पंक्ति 24: | ||
मनका कुरा मनमै रहे | मनका कुरा मनमै रहे | ||
भन्न सकिन्न कसैलाई केही । | भन्न सकिन्न कसैलाई केही । | ||
+ | |||
अंशअंश दिदै गएँ | अंशअंश दिदै गएँ | ||
सबै सम्बन्धमा सबैलाई | सबै सम्बन्धमा सबैलाई | ||
पंक्ति 31: | पंक्ति 32: | ||
कुनै रूपमा पनि साथी हुन सकेनौं | कुनै रूपमा पनि साथी हुन सकेनौं | ||
हामी एकअर्काको । | हामी एकअर्काको । | ||
+ | |||
साथी ! | साथी ! | ||
केही बोली, नबोली | केही बोली, नबोली | ||
पंक्ति 36: | पंक्ति 38: | ||
भावनालाई सुमसुम्याउने | भावनालाई सुमसुम्याउने | ||
एउटा मधुरो सम्पर्क । | एउटा मधुरो सम्पर्क । | ||
+ | |||
साथी ! | साथी ! | ||
केही नदिई, नमागी | केही नदिई, नमागी | ||
पंक्ति 41: | पंक्ति 44: | ||
खालि एकअर्कालाई | खालि एकअर्कालाई | ||
बुझ्न सक्ने सामर्थ्य । | बुझ्न सक्ने सामर्थ्य । | ||
+ | |||
प्रिय पुरुष ! | प्रिय पुरुष ! | ||
बस साथी भई केही पल | बस साथी भई केही पल | ||
साथ देऊ अब मेरो । | साथ देऊ अब मेरो । | ||
</poem> | </poem> |
21:42, 7 सितम्बर 2024 के समय का अवतरण
प्रिय पुरुष ।
आऊ साथी भई
बाँचौँ अब ।
पिता भनी मानें तिमीलाई
भाइ जानी चाहें
प्रेमी ठानी पछि लागें तिम्रो
पति मानी पुर्जे
पुत्र पाई गद्गद भएँ म
तर,
सबै सम्बन्धमा
जन्मेर बाँचेपछि पनि
सबै सम्बन्धलाई
जन्माएर हुर्काएपछि पनि
मनका कुरा मनमै रहे
भन्न सकिन्न कसैलाई केही ।
अंशअंश दिदै गएँ
सबै सम्बन्धमा सबैलाई
केही बचेन मेरो
अन्त्यमा आफैलाई ।
फगत छाया भई पछि लागें तिम्रो
कुनै रूपमा पनि साथी हुन सकेनौं
हामी एकअर्काको ।
साथी !
केही बोली, नबोली
जीवनका अनुभूति केलाउने
भावनालाई सुमसुम्याउने
एउटा मधुरो सम्पर्क ।
साथी !
केही नदिई, नमागी
कुनै अपेक्षा, आकाङ्क्षा नराखी
खालि एकअर्कालाई
बुझ्न सक्ने सामर्थ्य ।
प्रिय पुरुष !
बस साथी भई केही पल
साथ देऊ अब मेरो ।