"ह्याङ्ओभर / सुमन पोखरेल" के अवतरणों में अंतर
| Sirjanbindu  (चर्चा | योगदान) | Sirjanbindu  (चर्चा | योगदान)   (error fixing) | ||
| पंक्ति 8: | पंक्ति 8: | ||
| {{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
| <poem>   | <poem>   | ||
| − | + | ||
| − | + | ||
| युगौँदेखि बेथितिको कुहिरोभित्र अल्मलिएको विवेकले   | युगौँदेखि बेथितिको कुहिरोभित्र अल्मलिएको विवेकले   | ||
| बुझ्न सकेन | बुझ्न सकेन | ||
| पंक्ति 17: | पंक्ति 16: | ||
| केटाकेटीका भविष्य जलिरहेको समाचार सुन्ने कानले   | केटाकेटीका भविष्य जलिरहेको समाचार सुन्ने कानले   | ||
| − | सुन्न  | + | सुन्न जानेनन् तोतेबोलीका सङ्गीतहरू। | 
| युवतीहरूका चुरासँगै फुटिरहेका सपना र   | युवतीहरूका चुरासँगै फुटिरहेका सपना र   | ||
| सिन्दुरसँगै मेटिइरहेका रहरहरू देख्न पारङ्गत आँखाहरूले   | सिन्दुरसँगै मेटिइरहेका रहरहरू देख्न पारङ्गत आँखाहरूले   | ||
| − | देख्न  | + | देख्न जानेनन् यौवनका मनमोहक रङ्गहरू,  | 
| − | बुझ्न  | + | बुझ्न जानेनन्  | 
| − | सृष्टिको  | + | सृष्टिको कठोरतालाई पराजित गरी उम्रिँदै गरेका जीवनहरूलाई। | 
| + | |||
| यस्तो लाग्छ   | यस्तो लाग्छ   | ||
| घरघर माग्दै बटुलूँ सारा रेडियो र टेलिभिजनहरू, र   | घरघर माग्दै बटुलूँ सारा रेडियो र टेलिभिजनहरू, र   | ||
09:47, 14 मार्च 2025 के समय का अवतरण
 
  
युगौँदेखि बेथितिको कुहिरोभित्र अल्मलिएको विवेकले 
बुझ्न सकेन
समयका गीत र आगतले बोलाएका आवाजहरू।
दौडिन खोजेका गति ठोक्किएर दुर्घटना भोग्न अभ्यस्त मानसिकताले 
आँट्न सकेन लक्ष्यसम्मको हिँडाइ।
 
केटाकेटीका भविष्य जलिरहेको समाचार सुन्ने कानले 
सुन्न जानेनन् तोतेबोलीका सङ्गीतहरू।
युवतीहरूका चुरासँगै फुटिरहेका सपना र 
सिन्दुरसँगै मेटिइरहेका रहरहरू देख्न पारङ्गत आँखाहरूले 
देख्न जानेनन् यौवनका मनमोहक रङ्गहरू, 
बुझ्न जानेनन् 
सृष्टिको कठोरतालाई पराजित गरी उम्रिँदै गरेका जीवनहरूलाई।
यस्तो लाग्छ 
घरघर माग्दै बटुलूँ सारा रेडियो र टेलिभिजनहरू, र 
पत्रिकाको रासमाथि थुपारेर जलाइदिऊँ
थोत्रे समयको कन्टेनरसँगै। 
 
थाह पाएदेखि सधैँ बिना गन्तव्य बराल्लिँदै हिँडेका पैतालाबाट 
खुर्किऊँ पुराना बाटाका सबै डोबहरू।
मेटाऊँ स्मृतिबाट अनुभवका सबै चित्रहरू ।
 
एउटा भाँडो यस्तो होस् 
जसमा चुर्लुम्म चोबेर समयलार्इ 
एउटा नयाँ युग निकालूँ।
 
सदियौँदेखिको विसङ्गतिमा हुर्किएको टाउकाले 
बोक्न सकेन नयाँ विचारहरू।
 
	
	

