भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"कलकत्ता : एक कोलाज / मनप्रसाद सुब्बा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार=मनप्रसाद सुब्बा
 
|रचनाकार=मनप्रसाद सुब्बा
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=भुइँफुट्टा शब्दहरू
+
|संग्रह=भुइँफुट्टा शब्दहरू / मनप्रसाद सुब्बा
 
}}
 
}}
 +
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 +
 
रङ्ग उडेको मैलो आकासमुन्तिर  
 
रङ्ग उडेको मैलो आकासमुन्तिर  
 
यौटा पुरानो बिल्डिङको टुप्पोमा बसी
 
यौटा पुरानो बिल्डिङको टुप्पोमा बसी

10:35, 16 मार्च 2017 के समय का अवतरण


रङ्ग उडेको मैलो आकासमुन्तिर
यौटा पुरानो बिल्डिङको टुप्पोमा बसी
चील खिल्खिलाउँछ घरिघरि खिल्ल्..ल ।
तल्तिर सडकछेउ फोहोरको थाकमा
दुइ झुत्री आइमाइहरू र चार-पाँचवटा कागहरू
के के कोट्याउन व्यस्त छन् ।

कुटाइ खाएर कराउँदै भागिरहेको कुकुरझैं
कुइँ कुइँ कराउँदै कुद्दैछ एम्बुलेन्स ।
अर्को सडकमा ट्राफिक नै जाम गरेर यौटा लामो जुलुस
उही पिल्सिसकेको पुरानो नाराहरु पसिनासरि चिच्याउँदै
गइरहेछ गइरहेछ गइरहेछ ...
त्यै जुलुसको टाउकोमाथिबाट तनक्क तन्किएको फ्लाइओभरमा
हतारको कोर्राले कुटिएका कारहरू कुदेको कुदेकै ओहोरदोहोर
यौटा छिप्पिएको कुँजे नानी डाँको छोडेर रूएझैं
व्हाँ गरेर कराएको साइरनको पछि पछि
हुइँकिन्छ कालो ऐना भएको सेतो कार
त्यसको बनेटको सानो तिरङ्गालाई
विपरितगामी हावाले बेस्सरी झक्झकाइरहन्छ ।

मेट्रो रेलको ओहोरदोहोरले
यो महानगरको गानो कत्ति दुख्दो हो नि !
महानगरको भुँडीभित्र चुर्नाहरूको सिलिङमिलिङ !
बसहरू सँधैको डायबिटिक्
जति खाए पनि भोकै ।
जीउभरि विज्ञापनको भारी बोकेर यौटा बुढो ट्राम
विवशताको ट्रयाकमा घस्रिरहन्छ बँधुवा मजदूरझैँ ।

कमिलाहरूले जस्तै जोखिम उठाइरहेका
मसिना मानिसहरूको अटुट ओहोरदोहोर ।
सयौं जेब्राक्रसहरू पार गरेर पनि
अझै सडकपार हुन नसकेका पयरहरू ।
चुलामाथि भतेरको भाँडामा भातका सिताहरू उम्लेझैँ
मान्छे मान्छेको अनन्त सल्बलाहट महानगरको रापमा तापमा ।
वर्तमानको यो एक विराट रुप
जसको नाकमुखबाट अनि टुप्पीबाट
वाफ उठिरहन्छ अविराम
वाफ ! वाफ ! वाफ रे वाफ !
वाफले आकासै निलिदिएकोछ ।
वाफले निलेको त्यो आकास तर
बिरला प्लानेटेरियमको सिलिङमा फेरि जन्मिन्छ
तुवाँलो र धुवाँले नछुएको सप्फा आकास
प्लानेटेरियमभित्र जन्मिरहन्छ दिउँसै रात पारेर ।

एस्प्लानेडको एक छेउमा
फेस्टून र प्लेकार्डहरुलाई बेस्सरी चिच्याउन अह्राएर
पुराना-नयाँ मागहरू भोक हड्तालमा बस्न आइरहन्छन्
प्रतिवादहरू भेल उर्लेर सडकभरि बग्छ
वाटर क्याननले पनि त्यो भेललाई सजिलै मोड्न सक्दैन ।
प्रतिवाद कहिले आगो बल्छ बसमा ट्राममा नेताको पुत्लामा ।

क्षणहरू निरन्तर छचल्किरहेको
उर्लिरहेको उम्लिरहेको भुल्भुलिरहेको
भूतभविष्यत् पनि यो अविरल वर्तमानमा वर्तमाननै भई तरङ्गीरहेको ..
वर्तमान भन्नु जीवनको जीवन्तता न हो
र यो जीवन्तता त्यो बुढो रिक्शावालाको खुट्टामा छ
फुटपाथमा दोकान फैल्याएर ग्राहक डाकिरहेको आवाजमा छ
बिसाउन नपाएको आँखाहरूमा छ
लाखौँ लाखौँ पानीफोकाहरू यो मेट्रोपोलिटन सागरको सतहमा
फुट्छ बनिन्छ फुट्छ बनिन्छ बढ्दै थपिँदै अझ बढ्दै..
जीवन जीवन जीवन
वर्तमान वर्तमान वर्तमान
जीवनै जीवनले जेलिएको जीवनमय महानगर !
वर्तमानै वर्तमानले बेह्रिएको वर्तमानमय कलकत्ता !