भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"विसंगत / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार=रमेश क्षितिज
 
|रचनाकार=रमेश क्षितिज
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=अर्को साँझ पर्खेर साँझमा
+
|संग्रह=अर्को साँझ पर्खेर साँझमा / रमेश क्षितिज
 
}}
 
}}
 +
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>

08:10, 16 मार्च 2017 के समय का अवतरण

क्रमशः
क्रमशः एक हुल मान्छेहरू आएर
हेर्दै गए पालैपालो
प्रदर्शनीमा राखिएका पोट्रेटहरूलाई

र फर्कंदै गए उसैगरी
क्रमशः
चुपचाप, चुपचाप

जब
बाहिर निस्कने ढोकाको
छेउनेर टाँगिएको
अन्तिम आकृति देखे उनीहरूले,
रेखा–रेखा केलाएर
रङ्ग–रङ्ग नियालेर
हेर्न थाले – अपलक, आश्चर्यचकित भएर,
 
लौ ! यो कस्तो
अनौठो आकृति मान्छेको ?
आँखाको ठाउँमा पोतिएको कालो
मुटुको ठाउँमा ढुंगा
ओठको ठाउँमा उराठ बगर
अनि नाकचाहिँ पाइतालामा
र हत्केलामा धारिला नंग्राहरू

सबैले
बुझेजस्तै गरेर भने
“अमूर्त रहेछ यो, अमूर्त !”

तर कसैले बुझेनन्
खालि एउटा ऐना थियो टाँगिएको त्यहाँ
र आ–आफ्नै
प्रतिविम्ब हेरिरहेथे मान्छेहरू  !