भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"कोलाज / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)
 
(पृष्ठ को खाली किया)
 
(इसी सदस्य द्वारा किये गये बीच के 2 अवतरण नहीं दर्शाए गए)
पंक्ति 1: पंक्ति 1:
{{KKGlobal}}
 
{{KKRachna
 
|रचनाकार=रमेश क्षितिज
 
|अनुवादक=
 
|संग्रह=अर्को साँझ पर्खेर साँझमा
 
}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
'''सहिद (रातो–१)'''
 
  
इतिहासका पन्नाका क्रममा
 
टाँगिएको त्यो जिसस
 
क्यालेन्डरको मात्र एक दिन उसको
 
अहो ! मान्छे मरेपछि
 
कति कमजोर हुँदोरहेछ  !
 
 
 
'''इतिहास  (कालो–१)'''
 
 
आफ्नै छोराको मृत्युको खबर सुनेर पनि
 
मञ्चमा नाच्न बाध्य कुनै नर्तकीजस्तो भएर
 
घन्टाघर साक्षी छ !
 
हामी उनै वीर पुर्खाका
 
बहादुर सन्तानहरू हांै ।
 
 
 
'''सम्झना (निलो–१) '''
 
 
वर्षौंदेखि
 
तिमीलाई उही रूपमा पाइरहेछु,  गुमाइरहेछु
 
पखेरोको सिरानी हालेर मस्त निदाएका
 
गोरेटोछेउ  उभिएर
 
ती गोठालाले फुकेका मुरलीका स्वरमा
 
कतै तिम्रो आवाज सुनिरहेको हुन्छु
 
र  उग्रयारहन्छ मेरो सम्झना–  अतीतको
 
हरियो चरनमा
 
यी हेर स्मृतिका छरपष्ट तर नओइलिने
 
झन्झन् बढ्दै जाने कलिला  दुबोहरू  ।
 
 
 
'''आग्रह (सेतो–१) '''
 
 
बाहिर अँध्यारो छ  – यसबेला
 
घरसम्म पुग्छु भन्छौ
 
आफूभित्र उज्यालो बालेर हिँड्नु,
 
त्यसलाई हुरीले केही गर्दैन
 
झरीले फरक पर्दैन
 
बाटो, बाटो त हिँड्नेहरूलाई त हो !
 
 
 
'''चश्मा  (कालो–२)'''
 
 
कालो चश्मा लगाउने मान्छे
 
देख्छ – धमिला पहाड
 
अँध्यारो बाटो र कालो अंगारको झरी
 
खाली कालो घाम देखेको उसले
 
देख्दैन – छेउबाटै
 
हिँडिरहेका कर्मशील कमिलाहरूको पंक्ति
 
र इन्द्रेणीजस्तो रंगीन जिन्दगी  ।
 
 
 
'''प्रवाह–चिन्तन  (रातो–२)'''
 
 
बग्न त जसरी पनि बग्छु म
 
नदी भएर बगूँ
 
झरी वा बतास भएर बगूँ
 
सपनामा पनि जब कुनै सपना देखिरहेको हुन्छु
 
तर म बगिरहेकै हुन्छु !
 
 
 
'''समय (निलो–२)'''
 
 
कौसीमा सुकाएको
 
चित्रको पहाड
 
रातभरिको झरीले बगाएर लगेछ !
 
बिहानमा –  टोलाइरहेछ विचरा चित्रकार
 
फेरि त्यस्तो चित्र
 
बन्न पनि सक्छ,  नबन्न पनि सक्छ  !
 
 
</poem>
 

15:24, 7 सितम्बर 2022 के समय का अवतरण