"तिम्रो संसार !!! / जनार्दन सम" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= जनार्दन सम |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 17: | पंक्ति 17: | ||
मान्छेको रगत मान्छेले चुस्छन्, खेल्छन् रगतको होरी आफसमा तिमी हेर्दैनौ । | मान्छेको रगत मान्छेले चुस्छन्, खेल्छन् रगतको होरी आफसमा तिमी हेर्दैनौ । | ||
हरिकङ्गवल कराउँछ, रुन्छे अबला, रोगी चिच्याउँछ, त्यो निनाद तिमी सुन्दैनौ । | हरिकङ्गवल कराउँछ, रुन्छे अबला, रोगी चिच्याउँछ, त्यो निनाद तिमी सुन्दैनौ । | ||
− | यो शिरमा दुःख आँसु आँखामा, सुस्केरा | + | यो शिरमा दुःख आँसु आँखामा, सुस्केरा ओंठमा मुटुमा "ढुक ढु्क" |
कर्मीको बच्चाले जस्तो कस्तो कथा पुतली बनायौ, भोगें तिम्रो संसार !!! | कर्मीको बच्चाले जस्तो कस्तो कथा पुतली बनायौ, भोगें तिम्रो संसार !!! | ||
कि संसारको कर्मी, म होइन भन तिम्रो बदनाम नहोला । | कि संसारको कर्मी, म होइन भन तिम्रो बदनाम नहोला । | ||
पंक्ति 23: | पंक्ति 23: | ||
यदि उद्योग नगरी, तिम्रै भरपरी, मानव समाज वनवासी होला । | यदि उद्योग नगरी, तिम्रै भरपरी, मानव समाज वनवासी होला । | ||
प्रकृति विरुद्ध लड्ने शस्त्र नरची, वैज्ञानिक चूप रहला त, | प्रकृति विरुद्ध लड्ने शस्त्र नरची, वैज्ञानिक चूप रहला त, | ||
− | + | जगत्को झन् कस्तो चित्र हुँदो होला । | |
बनाउँछौं जे त्यो बिगार्न, अनि जन्माउँछौं जो त्यो मार्न | बनाउँछौं जे त्यो बिगार्न, अनि जन्माउँछौं जो त्यो मार्न | ||
यो तिम्रो छल हो या भूल अथवा खेल कि त उन्माद नै हो । | यो तिम्रो छल हो या भूल अथवा खेल कि त उन्माद नै हो । | ||
पंक्ति 29: | पंक्ति 29: | ||
अनित्य क्षणिक यो सब जाने बुझें तिम्रो संसार !!! | अनित्य क्षणिक यो सब जाने बुझें तिम्रो संसार !!! | ||
− | ( | + | (नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको) |
</poem> | </poem> |
10:34, 13 मई 2020 के समय का अवतरण
ए संसार बनाउने कर्मी ! देखें तिम्रो संसार !!!
यो पृथ्वी बनायौं झारपात र वृक्ष प्राणीहरु उमार्यौ,
रङ्गी चङ्गी चरा उडायौ, भूकम्प बाढी ज्वालामुखी फुटायौ,
आफ्नै घरबार परिवारलाई भत्कायौ मार्यो बिगार्यौ ।
यो बालक्रीडा जस्तो या उन्मत्तको काम जस्तो हेरें तिम्रो संसार !!
सुख सम्पत्ति सौन्दर्यले पल्काउंछौ, दुःख उमाल्न, त्यो सँधै दिंदैनौ ।
मान्छेको रगत मान्छेले चुस्छन्, खेल्छन् रगतको होरी आफसमा तिमी हेर्दैनौ ।
हरिकङ्गवल कराउँछ, रुन्छे अबला, रोगी चिच्याउँछ, त्यो निनाद तिमी सुन्दैनौ ।
यो शिरमा दुःख आँसु आँखामा, सुस्केरा ओंठमा मुटुमा "ढुक ढु्क"
कर्मीको बच्चाले जस्तो कस्तो कथा पुतली बनायौ, भोगें तिम्रो संसार !!!
कि संसारको कर्मी, म होइन भन तिम्रो बदनाम नहोला ।
कि संसारलाई नित्य स्वर्ग बनाऊ तिम्रो नाम होला ।
यदि उद्योग नगरी, तिम्रै भरपरी, मानव समाज वनवासी होला ।
प्रकृति विरुद्ध लड्ने शस्त्र नरची, वैज्ञानिक चूप रहला त,
जगत्को झन् कस्तो चित्र हुँदो होला ।
बनाउँछौं जे त्यो बिगार्न, अनि जन्माउँछौं जो त्यो मार्न
यो तिम्रो छल हो या भूल अथवा खेल कि त उन्माद नै हो ।
नजान्नेले बनाएजस्तो -
अनित्य क्षणिक यो सब जाने बुझें तिम्रो संसार !!!
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)