"आगो र पानी / अघिको / भाग २ / बालकृष्ण सम" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 5: | पंक्ति 5: | ||
|संग्रह=आगो र पानी / बालकृष्ण सम | |संग्रह=आगो र पानी / बालकृष्ण सम | ||
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> |
11:14, 24 जुलाई 2017 के समय का अवतरण
तत्वहरूको सङघर्षण नै ज्वलनको जन्मदाता हो,
अक्सिजन–कार्बन–सम्बन्धित उत्पादन
लोहिताश्व अथवा दहन हो,
अक्सिजन र हाईड्रोजनको मिलन हुनु नै जीवन हो।
इलेक्ट्रन प्रोटनको तानातानीले
अनि गुटबन्दी लुकामारीले गर्दा
विशाल विश्व तन्की फैलेको छ।
हिमालयमा दुईटा मात्रै क्याल्सियममा बीस, यस्ता
इलेक्ट्रनकै घटीबढीका बयान्नब्बे ढाँचाले
तत्वजगत् सिर्जेको छ,
अणुअणुमा ममता छ,
विश्वमा यान, आसन, सन्धि, विग्रह चक्कर खाइरहन्छन् :
चिसो भस्म बनाउनलाई आगो हुङ्कार झिक्छ,
तातो वाष्प बनाउनलाई पानी फुङ्कार गर्छ,
विद्युत्बाण जलधरमा घुस्छ,
पानीधार उष्ण अग्निकुण्डमा छिर्छ,
यस्तै रीतले सयौं कोटि वर्ष बितेपछि आगोले साम्य हुनै पर्योु।
शिर निहुराई पृथ्वीमन्तिर लुक्नुपर्योच।
मेघबाट ओर्लीकन जल
पृथ्वीको सतहमास्तिर अग्लो आसन बाँधी थपक्क बस्यो।
तीन सय ज्वालामुखीले अझ पनि
आगो ओकल्न छोडेका छैनन्,
पोहुतु आदि सयौं गेसरले
विष छाद्न छोडेका छैनन्
तापनि अब पार्थिव सतहमा तीन चौथाई पानीको राज छ।
१. शत्रुले दु:ख दिएको, आपत्ति परेको।
क्रमश: अगाडि