भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सपना नदेखूँ / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 20: पंक्ति 20:
 
खबरकागजका अनगिन्ती वीभत्सताहरू,
 
खबरकागजका अनगिन्ती वीभत्सताहरू,
 
टेलिभिजन र रेडियोबाट विस्फोट भई निस्किने हिँस्रक स्वरहरू,
 
टेलिभिजन र रेडियोबाट विस्फोट भई निस्किने हिँस्रक स्वरहरू,
 
 
कानै उखेलेर लाने आवाजहरू,
 
कानै उखेलेर लाने आवाजहरू,
 
विस्मयको सीमा पार गराएर
 
विस्मयको सीमा पार गराएर
पंक्ति 27: पंक्ति 26:
 
आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर
 
आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर
 
कोलाहल गर्न नआउन् सपनामा।
 
कोलाहल गर्न नआउन् सपनामा।
 +
 
महल बनाउँदा बनाउँदै खण्डहर भएको,
 
महल बनाउँदा बनाउँदै खण्डहर भएको,
 
शीतलताको नदी बग्दाबग्दै आगो भएको,
 
शीतलताको नदी बग्दाबग्दै आगो भएको,
पंक्ति 45: पंक्ति 45:
 
आओस् मायाको मात लिएर ।
 
आओस् मायाको मात लिएर ।
 
   
 
   
मायामा यसरी मात्तिऊँ कि
+
मायामा यसरी मात्तिऊँ, कि
 
कुनै सपना नदेखूँ ।
 
कुनै सपना नदेखूँ ।
  
 
  </poem>
 
  </poem>

00:34, 9 मई 2020 के समय का अवतरण

यस्तो मातूँ कि
आफूलाई समेत बिर्सूँ
यो रात कुनै सपना नदेखूँ ।
 
हर रात
आफूभन्दा ज्यादा
मलाई भत्काएर जाने
विपनाजस्तै लथालिङ्ग सपना नदेखूँ ।
 
कहिल्यै कसैले देख्न नचाहेका
खबरकागजका अनगिन्ती वीभत्सताहरू,
टेलिभिजन र रेडियोबाट विस्फोट भई निस्किने हिँस्रक स्वरहरू,
कानै उखेलेर लाने आवाजहरू,
विस्मयको सीमा पार गराएर
आँखालाई उघारै पारी छोड्ने् दृश्यहरू,
मुटु चुँडाएर भाग्ने संवेदनहीनताहरू,
आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर
कोलाहल गर्न नआउन् सपनामा।

महल बनाउँदा बनाउँदै खण्डहर भएको,
शीतलताको नदी बग्दाबग्दै आगो भएको,
आकाङ्क्षा का रङ्गीन दृश्य
नभएको झिलिमिलीमा मिसिएर खरानी भएको,
प्रतिफल लिएर आउने सपनाहरू नआउन् मलाई जिस्क्याउन ।
 
सम्पूर्ण समय नै धमिल्याउने
बेइमानीको निबन्धभन्दा ज्यादा बेइमान
वर्तमानको यथार्थजस्तै भयानक
सातवटा जीवन एकै ठाउँ अल्झिएझैँ जटिल
विछोडका रातभन्दा लामा सपनाहरू
बग्दै जाऊन् र कतै ब्ल्याकहोलतिर पसून् ।
 
यो रात
प्रेमको मद्होस किरण ओढेर आओस्
अनुरागका आशक्ति बोकेर आओस्
आओस् मायाको मात लिएर ।
 
मायामा यसरी मात्तिऊँ, कि
कुनै सपना नदेखूँ ।