भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
आली छन् अनगिन्ति खालि नगरी लाइन्छ बाली पनी मामूली घर बारि खेत उसमा खेती किसानी गरी हालिन्छन् मल झारपात अरु ती फाली उखेली खनी निर्वाहा पनि येन केन रितले चल्थ्यो, न क्यै नोकरी बाँधी बाँध कुला खुला सँग हुली पानी भरी बेसरी व्यापारादि थिए, थियो न घरमा प्राचीन श्रीसम्पति खेती गर्छ किसान सान मनमा राखी महीनौँ भरी ॥ उब्जन्थ्यो जति खान लाउनसिबा बच्तैनथ्यो एक्‌रती ।।
झुप्रो हालि पराल बालि सुकुलै खाली बिछ्यौना गरी कर्जा केहि थियो, थियो अति कडा साहू, बढी ब्याजमा खुशीसाथ रुखा सुखा जति मिल्यो खाएर त्यै खर्खरी गर्थ्यो शख्त, शकेन तिनं थपियो सोही पनी साउँमा बुच्चो गोल्फु चिलिम् जुगानजुगको हुक्का नली टुर्टुरे डोको बढ्न गयो, धितो पकड़ियो, आखीरमा नालिसथोत्रो भत्भुत भश्मधारि खबटो फीगूटको थर्थरे अड्डामा दरियो, थिएन अरु क्वै वारिस दिने मानिस ।।
कोदाली अनमोल नोल गहिरो मान्‍रे ठुलो खर्पन लेखाई प्रतिवादि बल्ल दिइयो मुद्दा भयो दायर खास्टोदेखि सिवाय साथि सँगमा केही नराखीकन पर्चा तारिखको मिल्यो, मन भयो सुर्ताहरूको घर कीरा रोग मुसा खडेरि र चरो साँढे हुरी जे जति साक्षी ग्वाहि सिपाहि म्यादहरुका निम्ती उती खर्च भो लाग्छन्, गर्छ बचाउ तो सकलको अल्सी नमानी रती।। ज्यालैको भर खेतिको हुन गई कूतै नपुग्ने भयो ।।
जागा भैकन कुछ पाक्तछ जसै काटी जलेली चुटी पानी घाम बतास ठण्डिहरुको पर्वाह कत्ती नली धोक्रामा भरिपूर्ण गर्छ गनदै पाथी नाघ्‌दै साँझ बिहान रात नभनी खोला माना मुठी नाला थली ओसारी घरमा लगेर टलसिङ्-बोटी पृथक् राख्तछ अड्डा धाउनु बोकि सामल, यता खानू छ सत्तू फुका खानानिम्ति जहान हेरि जतिले पुग्नेछ सो झिक्तछ टल्सिङ्‍को छ उता शिकिस्ति, घरमा फाटीरहेछन् लुगा ।।
पर्छन् चाड र पर्व फेरि उनका खातीर थन्क्याउँछ छन् मुद्दा अनगिन्ति हेर्नु कसको अड्डा छ सारै पर साहूको यदि व्याज तिर्नुछ भने लौ ले भनी आउँछधायो धाउनसम्म आजित भयो लड्दै बितीगो घर गर्थे हार गुहार जो लत्ता कपडा र नून मसला चाहिन्छ त्यो के गरी तिनि पनी देखेर नङ्गा हटे टार्ने हो उसका निमित्त पनि क्यै राख्नै पर्‍यो खिर्खिरी ॥ हुन्थे जो व्यवहार आफस छिमेक मा पनी ती घटे ।।
यस्ता कैयन भीडभाड छिचली बाँकी रहेको जति मुद्दा चम्किरहेछ हुन्छ अब के भन्ने छ भारी डर बिक्री गर्न लग्यो बजारबिचमा कस्छन् उनैले कति यस्तैमा थलिएर कालि घरमा बस्ने परीगो कर जो पैसा उसबाट आउँछ लिई फर्केर आयो घर गयो तारिख एकतर्फि हुनगै मुद्दा फसेला भयो खाँचै देख्छ जताततै अझ ठुलो फैलिन्छ चिन्ता-ज्वर ॥ लाग्यो दण्ड बिगो प्रशस्त उसले सातो उडाईदियो ।यस्त रीत गरी किसानहरुको ग्रुज्रन्छ सारा जुनी जूँगा ताउ दिँदै थिचेँ अब भनी उर्लन्छ बैरी उता मुद्दा फेरि जनाइ लड्न कहिल्यै चल्दैन आफ्नो बुता कैल्हे शान्ति रुन्छन भोक चैनसाथ उनको जाग्दैन घर्मा धुनी प्यासले धुरधुरू जाहान सारा दिन यस्तो हाल किसानतर्फ छ उता गोदाम हुन्छन् खडा बन्छन् सेठ र साहु त्यो जिनिसका मालीक अ बडा चारा के गरि जुट्छ दिन्छ कसले जेथा नदेखी ऋण ।।
लुट्नासम्म नफा लुटेर तिनले बेच्छन धनी त्यै पनी बाली नालि लटेरले लुटि लग्यो गाँठी सबै रित्तियो सस्तो या महगो नराखि परबा किन्छन् र खान्छन् अनि छोरा छोरि बढी विवाह गरने बेला पानी भेट्कियो जो हुन् मध्यम नीच श्रेणिहरुका मानीस ती आखिर थामोस् त्यो घरबाट के गरि कहाँ फ्याँकोस् बिसाओस् कहाँ चुसिन्छन् किनिखाइसक्नु नभई पाएर सारै पिर शून्यै देख्छ जता गए पनि उ ता सुझ्‌दैन क्यै मन्‌महाँ ।। ९ हाहाकार उठेर आउँछ तिनैदेखिन् जस देशमा निर्धो हाय अभागि तुच्छ बिचरो काहाँ गई के गरोस् निस्कन्छन् अनि बेइमान ठगहा लुच्चादिका भेषमा हालोस् फाल मरोस् डुबोस् कि रहमा या अग्निमा होमियोस् बेईमानि ठगाइँको जब चल्यो भर्मार मुद्दा परे लेखी नालिस गै अदालतविषे लुच्चाहरूले दरे ।। १०केही जोर चलेन आजित सड्क्यो आखिर भै असह्य मगजै धोती न टोपी भई निर्धो बिचैमा मर्‍यो जाली झेलि फटाहलाइ सहजै पौवाह्र आईपर्‍यो पिट्तै छाति गएर दाखिल भए बाटो बथानीकन सर्कार्‌को पनि खिन्न भो गरिबको देखी बिचल्ली मन ऐले मार्गमहाँ खडा छ बहुला 'लब्धे' भनेको उही ।।
११ यस्तो भो किन लौ अदालतमहाँ बेकाइदा के भयो भन्नानिम्ति प्रबन्ध फेरि उसका खातीर गर्नपर्‍यो जाली झेलि भने कडा जति गर्‍यो बढ्दै गए झन् उति सीधा साध भएर मात्र नहुने भैगो सबैको स्थिति ।। १२यस्तो यो विषम स्थिति प्रतिदिनै बढ्दै गएमा अब को नि:स्वार्थ बनेर कम्मर कसी छोडेर चिन्ता सब आाफ्नो देश र जातिको गरुँ भनी सेवा गरोस् उद्यम यस्ता मानिस आज देश भरमा होलान् बहूतै कम ।। १३मूलैदेखि विचार यो गरिलिँदा आखीर यौटा यही हाम्रो उन्नतिमा रुकावट ठूलो देखिन्छ जाहाँ तहीं जो छन् नीच र मध्यम स्थितिमहाँ राम्रो सहाराविना लट्केका तिनको सुधार नभई गल्दैन कैल्हे पिना। १४तस्मात् मध्यम नीच यी दुइथरी मानीसका निम्तिमा बेकारी हटने र काम मिलने कोही तरीका नयाँ निस्कोस् ता कति बेर लाग्‌छ हुनमा हाम्रो स्वयं उन्नति मिल्ला दीन किसानलाइ पसिनाको मूल्य फेरी कति ॥ १५प्यारा पाठकवर्गबाट यसमा राम्रो विचारीकन हो यो सत्य कुरो भने सब मिली त्यस्तो छ जुक्ती कुन फर्माई अहिले हितार्थ सबको उद्योगका पृष्टमा झल्काइदिनुहुन्छ की भनि नुही गर्छू म यै प्रार्थना ।। .........................................उद्योग, ३|६३।३, २५ पौष १९९५ १५ आषाढ १६६५
</poem>
Mover, Reupload, Uploader
9,789
edits