भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"पख पख, यो रात च्यातौं / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
पंक्ति 41: पंक्ति 41:
 
यो रात च्यातेर अब
 
यो रात च्यातेर अब
 
उज्यालो सिउनै पर्छ ।
 
उज्यालो सिउनै पर्छ ।
 +
</poem>

15:11, 14 मार्च 2017 का अवतरण


अनि
एउटा मरेको चुरोट च्यापे पनि भयो,
यो दिनहरूको रातमा
यो विचारहरूको रातमा
यो युक्तिहरूको रातमा ।

यो मृत्यु होइन
केवल एउटा रात हो ।

यहाँ जीवन छ
तर निस्कृय ।
यहाँ सबै चिज छ
तर अवचेतन छ।

हुँदै नभएको हैन यो
केवल छोपिएको हो
रातको रातीय पर्दाले ।

सबै मिलेर च्यातौं, यो रातलाई
मान्छे त हामीहरू पनि छौं
उनीहरू पनि हुन् ।

एउटा चुरोट भिज्यो भने
पैसा नास भएको मानेर दुःख मान्ने वा
फोक्सो जोगियो भनेर खुसी हुने ?

कहिलेसम्म खेलिरहोस्
मनभित्र यो विरोधाभासले ?

निर्णय गर्नैपर्छ ।

यो रात च्यातेर अब
उज्यालो सिउनै पर्छ ।