"बाटो / रमेश क्षितिज" के अवतरणों में अंतर
Sirjanbindu  (चर्चा | योगदान)  | 
				Sirjanbindu  (चर्चा | योगदान)  छो  | 
				||
| पंक्ति 13: | पंक्ति 13: | ||
उभिन्छ म सामु र कायल बनाउँछ मलाई    | उभिन्छ म सामु र कायल बनाउँछ मलाई    | ||
अन्यौलग्रस्त म हेरिरहन्छु    | अन्यौलग्रस्त म हेरिरहन्छु    | ||
| − | चौतर्फी   | + | चौतर्फी फैलिएका बाटै बाटाहरू,    | 
उसबेला त्यो दुर्गम गाउँमा बसेर    | उसबेला त्यो दुर्गम गाउँमा बसेर    | ||
10:09, 25 जून 2020 के समय का अवतरण
कहाँ जान्छ बाबु यो बाटो ?
भर्खरै पहाडबाट झरेको एउटा निर्दोष अनुहार 
उभिन्छ म सामु र कायल बनाउँछ मलाई 
अन्यौलग्रस्त म हेरिरहन्छु 
चौतर्फी फैलिएका बाटै बाटाहरू, 
उसबेला त्यो दुर्गम गाउँमा बसेर 
म खोजिरहन्थेँ बाटो र पुग्न चाहन्थेँ — निष्पक्ष न्यायालय 
गरीबका नानीहरूले पढ्ने स्कुल 
र टाढाको रहस्यमय सहर 
तर कहीँ पुगेन त्यो निर्दयी बाटो 
बरु पल्टिरह्यो कुनै थकित यात्रीजस्तै भएर 
पहाडको फलैँचामा मस्त ,
मैले बिताएँ आफ्नो बाल्यकाल 
गाईका बथानहरूको पछि पछि लागेर 
हरेक साँझ फुकिरहेँ रहरहरूको बाँसुरी ।
यसपछि बसाइँ सरेर हामी झर्यौँ नयाँ ठाउँ
यसबेला पनि म चाहन्थेँ कही जाओस् यो बाटो 
र पुर्याओस् मलाई मेरा सपनाको थुम्कोसम्म 
कुनै बृद्ध अभिभावकजस्तो काँधमा राखेर देखाओस् मेरो गन्तव्य 
कहि गएन ऊ बरु फन्फनी बेरेर अजिङ्गरजस्तो 
बाटोले थुनिरह्यो मलाई 
विद्रोह गरेर घरबाट म निस्किएँ एकरात 
यिनै बाटाहरूको भीडमा ,
हो त्यसपछि बाटोले ल्याएर छोडेको हो मलाई 
यो व्यस्त चौकमा र आपूm फर्केको हो कतै 
उभिएको छु म मध्यचौकमा सालिकजस्तै 
त्यसबेलादेखि 
खोजी छ अझै निरन्तर नयाँ बाटोको,
यही बाटो कोही गइरहेछन् सिंहदरबार 
कोही मलेसिया वा कोरियाअनि द्वन्द्वग्रस्त इराक 
कही जाँदैन यो बाटो, कहि जाँदैन 
बरु तपाईं पो कहाँ जाने हो दाइ ?
	
	