"मेरो बँचाइको एक दिन / अगमसिँह गिरी" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अगमसिँह गिरी |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 10: | पंक्ति 10: | ||
मलाईबाँच्न यहाँ— | मलाईबाँच्न यहाँ— | ||
एउटैदिन भए पुग्छ । | एउटैदिन भए पुग्छ । | ||
− | धेरै वर्ष फुलेको | + | धेरै वर्ष फुलेको |
− | अल्छी आयु | + | अल्छी आयु |
− | निष्क्रियताले निलेको | + | निष्क्रियताले निलेको |
− | निश्चल/सुषुप्त/अकर्मण्य | + | निश्चल/सुषुप्त/अकर्मण्य |
− | चाहिएन बूढा दिनहरू | + | चाहिएन बूढा दिनहरू |
− | निदालु आकाङ्क्षा | + | निदालु आकाङ्क्षा |
− | खोक्रा उत्तेजना | + | खोक्रा उत्तेजना |
− | अल्छे आशा | + | अल्छे आशा |
− | लिएर उभिने घातक क्षणहरू | + | लिएर उभिने घातक क्षणहरू |
− | दुश्चिन्ता, विरक्ति, व्यथैव्यथा | + | दुश्चिन्ता, विरक्ति, व्यथैव्यथा |
− | ओसारी–ओसारी ल्याउने | + | ओसारी–ओसारी ल्याउने |
− | चाहिएन छिमलिएका थुप्रै बेलाहरू | + | चाहिएन छिमलिएका थुप्रै बेलाहरू |
मलाईबाँच्न यहाँ— | मलाईबाँच्न यहाँ— | ||
एउटैदिन भए पुग्छ । | एउटैदिन भए पुग्छ । | ||
− | मेरा एउटै–एउटैदिन | + | मेरा एउटै–एउटैदिन |
− | सकारात्मक सपना बोकेर आऊन् | + | सकारात्मक सपना बोकेर आऊन् |
− | जीवनको शाश्वत परिपूर्णता लिएर | + | जीवनको शाश्वत परिपूर्णता लिएर |
− | मेरो बचाइलाई | + | मेरो बचाइलाई |
− | अर्थ दिन आऊन् | + | अर्थ दिन आऊन् |
− | हजार व्यर्थक्षणहरूको | + | हजार व्यर्थक्षणहरूको |
− | लङ्गडो उपस्थितिलाई हुत्याएर | + | लङ्गडो उपस्थितिलाई हुत्याएर |
− | मेरो सबल अस्तित्वको | + | मेरो सबल अस्तित्वको |
− | अर्थपूर्णता फुकाल्न आऊन् | + | अर्थपूर्णता फुकाल्न आऊन् |
− | स्वागत छ त्यही प्यारो एक दिनलाई | + | स्वागत छ त्यही प्यारो एक दिनलाई |
− | चाहिएन मलाई श्मशानका | + | चाहिएन मलाई श्मशानका |
− | रोदन बोकेका मुर्दा मुहूर्तहरू | + | रोदन बोकेका मुर्दा मुहूर्तहरू |
मलाईबाँच्न यहाँ— | मलाईबाँच्न यहाँ— | ||
एउटै दिन भए पुग्छ । | एउटै दिन भए पुग्छ । | ||
− | मैले कविताका पङ्क्तिहरू | + | मैले कविताका पङ्क्तिहरू |
− | कोरकार पारेको | + | कोरकार पारेको |
− | एउटा अमूल्य क्षण | + | एउटा अमूल्य क्षण |
− | यदि छ भने मसँग बाँचोस् | + | यदि छ भने मसँग बाँचोस् |
− | काव्यका सुन्दर हरफहरू पढेको | + | काव्यका सुन्दर हरफहरू पढेको |
− | एउटा रोचक मुहूर्त | + | एउटा रोचक मुहूर्त |
− | यदि छ भने मसँग बाँचोस् | + | यदि छ भने मसँग बाँचोस् |
− | मैले मेरो जातिलाई सक्रिय माया जनाएको | + | मैले मेरो जातिलाई सक्रिय माया जनाएको |
− | एउटा अर्थपूर्णबेला | + | एउटा अर्थपूर्णबेला |
− | यदि छ भने मसँग बाँचोस् | + | यदि छ भने मसँग बाँचोस् |
− | मैले असहायहरूलाई दिएको | + | मैले असहायहरूलाई दिएको |
− | एउटा मीठो दिन | + | एउटा मीठो दिन |
− | यदि छ भने मसँग बाँचोस् | + | यदि छ भने मसँग बाँचोस् |
− | चाहिएन मलाई सपनाहरूमै रँगाल्न लाउने | + | चाहिएन मलाई सपनाहरूमै रँगाल्न लाउने |
− | खुइलिएका दिन र नाङ्गिएका रातहरू | + | खुइलिएका दिन र नाङ्गिएका रातहरू |
मलाई बाँच्न यहाँ— | मलाई बाँच्न यहाँ— | ||
एउटै दिन, फगत एउटैदिन भए पुग्छ । | एउटै दिन, फगत एउटैदिन भए पुग्छ । | ||
</poem> | </poem> |
08:55, 5 मई 2017 के समय का अवतरण
मलाईबाँच्न यहाँ—
एउटैदिन भए पुग्छ ।
धेरै वर्ष फुलेको
अल्छी आयु
निष्क्रियताले निलेको
निश्चल/सुषुप्त/अकर्मण्य
चाहिएन बूढा दिनहरू
निदालु आकाङ्क्षा
खोक्रा उत्तेजना
अल्छे आशा
लिएर उभिने घातक क्षणहरू
दुश्चिन्ता, विरक्ति, व्यथैव्यथा
ओसारी–ओसारी ल्याउने
चाहिएन छिमलिएका थुप्रै बेलाहरू
मलाईबाँच्न यहाँ—
एउटैदिन भए पुग्छ ।
मेरा एउटै–एउटैदिन
सकारात्मक सपना बोकेर आऊन्
जीवनको शाश्वत परिपूर्णता लिएर
मेरो बचाइलाई
अर्थ दिन आऊन्
हजार व्यर्थक्षणहरूको
लङ्गडो उपस्थितिलाई हुत्याएर
मेरो सबल अस्तित्वको
अर्थपूर्णता फुकाल्न आऊन्
स्वागत छ त्यही प्यारो एक दिनलाई
चाहिएन मलाई श्मशानका
रोदन बोकेका मुर्दा मुहूर्तहरू
मलाईबाँच्न यहाँ—
एउटै दिन भए पुग्छ ।
मैले कविताका पङ्क्तिहरू
कोरकार पारेको
एउटा अमूल्य क्षण
यदि छ भने मसँग बाँचोस्
काव्यका सुन्दर हरफहरू पढेको
एउटा रोचक मुहूर्त
यदि छ भने मसँग बाँचोस्
मैले मेरो जातिलाई सक्रिय माया जनाएको
एउटा अर्थपूर्णबेला
यदि छ भने मसँग बाँचोस्
मैले असहायहरूलाई दिएको
एउटा मीठो दिन
यदि छ भने मसँग बाँचोस्
चाहिएन मलाई सपनाहरूमै रँगाल्न लाउने
खुइलिएका दिन र नाङ्गिएका रातहरू
मलाई बाँच्न यहाँ—
एउटै दिन, फगत एउटैदिन भए पुग्छ ।