भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"किनारको बोधि छैन / ईश्वरवल्लभ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार=ईश्वरवल्लभ
 
|रचनाकार=ईश्वरवल्लभ
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=
+
|संग्रह=कस्मै देवाय? / ईश्वरवल्लभ
 
}}
 
}}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}

16:13, 5 मई 2020 के समय का अवतरण

किनारको अतिरिक्त
नदीको दायाँ बायाँ केही छैन,
नदी बग्छ त्यसैले किनार बग्दैन
त्यो स्थिर स्थापत्य जस्तो
नदी हेरिरहन्छ ।

अनेकौं युगहरुदेखिन्को यो क्रम,कहिल्यै परिवर्तन भएन,
त्यो अग्लो विश्वास जस्तो
नदी हेरिरहन्छ।
छोइरहन्छ किनार ब्यूँझाउन ,तर कहिल्यै ब्यूँझेन
निद्रामा अनेकौं आयामहरू थपिदैं जान्छन्
तर कहिल्यै सपना बन्दैन,
चराचुरुङ्गीका वासहरुको कोलाहल पनि हुन्छ
बिहान ब्यूँझेर चारा खोज्न गएका पन्छीहरू पनि
हल्ला गर्छन्
बकैनाका पातहरूमा हावाले हिर्काउँदा पनि
नदी आवाज पनि गर्छ,किनार ब्यूँझदैन –
सूर्यका कति किरणहरू लहरमा चम्किन्छन्-
किनार ब्यूँझदैन,
रातोले पनि ब्यूँझदैन
नीलो, हरियो, सेतो कुनै रङ्गले ब्यूँझदैन ।
किनारको यो लामो निद्रा
किनारको यो लामो उराठलाग्दो मौनता
नदी बाढी बोकेर नआएको पनि होइन,
उसका अवयवहरुका चौटा-चौटा घाउ नाझारेको पनि होइन
कतिफेरा धस्कियो पनि गोरेटाहरु बगेर गए
कतिफेरा बग्यो, आली र साना बाँधहरु भत्केर गए
तर ढुङ्गाजस्तो निर्मम किनार अझै बोलेन
निर्मम मौनताको र चंचलताको विरोधाभास
निर्मम निर्जीवन र जीवनको विरोधाभास
किनार र नदी
नदी र किनार
केहि सिंढीहरु चढेर छोप्न माथिसम्म आएको पनि हो नदीले
सुम्सुम्याउन प्रहार र आघातहरुका पीडाहरु,
त्यो स्थित्प्रज्ञ जस्तो किनार
मात्र आफै जस्तो अर्कोलाई पारी हेरिरहन्छ
आँखा छैनन् रूखहरू छन्
भाषा छैनन् बुटाहरु छन् –
निर्जीव किनारले निर्जीव किनार हेरिरहन्छ,
नदीले कहिल्यै विश्राम गरेन,ऊ अनन्त गइरहेको हुन्छ,
अनन्त किनारहरुका नयाँ-नयाँ अवयव छोइरहेको हुन्छ पानीले
स्पर्शज्ञान याद छैन,
नितांत ध्यानमग्नताको भ्रम मात्र कतै श्वास-प्रश्वासको
आरोह अवरोह पनि छैन ।

किनारको
बोधि छैन,
बिम्ब छैन
किनारको-
मात्र व्यामोह जस्तो – एउटा भ्रम
भचाखुसीमा भर्खरै छिनाएको तर मरेको टाउकोको
-आँखा जस्तो
निष्प्रा ण लोलाइरहन्छ
कतै दुख्दो पनि रहेनछ, कतै छुँदो पनि रहेनछ
अभिशप्त किनार ! श्रापित, लाञ्छित किनार !
त्यसैले त अचेल उसकै नदीले पनि उसलाई छोडेर कतै बगिरहन्छ ।