भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"अंश / सीमा आभास" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 +
लिएको पनि यही हो
 +
दिने पनि यही हो
 +
अंशमा लैजानू यी सबैसबै...
  
अंश लैजानु,
 
 
दुम्सीले माडेको फापरबारी
 
दुम्सीले माडेको फापरबारी
बाँदर लागेको मकैबारी
+
बाँदर लाग्ने मकैबारी
पछ्यौरीले छोपेको
+
 
सोलीको कोदाको बीउ
+
पछ्यौरीमा पोको पारेको कोदाको बीउ
आँगनको कुखुराको खोर
+
थाममा झुन्ड्याएका खुँगी र बल्छी
 +
आँगनको कुनाको कुखुराको खोर
 
बुन्दाबुन्दै छोडेको डोको
 
बुन्दाबुन्दै छोडेको डोको
 
एकमुठी सुकेका चोया
 
एकमुठी सुकेका चोया
खेतमाथि बगेको बाढी
+
रित्ता कीला–दाम्ला ।
घरपर्तिरको खहरे
+
रित्ता किला-दाम्ला
+
  
लैजानु,
+
घरपर्तिरको खहरे
 
भूतले तर्साउने खोल्सो
 
भूतले तर्साउने खोल्सो
 +
लैजानू खेतमाथि बग्ने बाढी ।
 +
 
लाहुरे हजुरबाले कमाएको भित्तेघडी
 
लाहुरे हजुरबाले कमाएको भित्तेघडी
हजुरआमाले सिन्दुर टीका गर्ने बिर्के ऐना
+
हजुरआमाले सिन्दुर–टीका गर्ने बट्टे ऐना
 
बाँसको काइँयो
 
बाँसको काइँयो
 +
लैजानू गोल्चे लगाएको सन्दुसमा
 +
पुर्खौंदेखि लुकाएका अभाव ।
 +
 +
वर्षौंदेखि बगाएको पसिना
 +
छानामाथि फैलने रहरजस्ता बादलका टुक्रा
 +
जिजु–जिजुमाको आत्मा बास बसेको आँपको रुख
 +
बा–आमाले आगो ताप्ताताप्तै निभेको चिसो अँगेनो
 +
पानी झर्दाझर्दै धारो जमेर भरिन नपाएका गाग्री
 +
खडेरीले खाएपछि काँक्रा–फर्सी बेरिन नपाएका थाङ्ग्रा
 +
उठाएर लैजानू पानी नतर्ने घरको धुरी पनि ।
  
लैजानु,
+
करेसाको घामफूल
गोल्चे लगाएको सन्दुकमा
+
बार्दलीको सयपत्री र मखमली माला
पुखार्ंैदेखि लुकाएका अभाव
+
वर्षौंदेखि बगेको पसिना
+
छानोमाथि फैलने बादलको टुक्रा
+
बूढो आँपको रूख
+
बल्न नपाएको अँगेनो
+
भरिन नपाएको गाग्रो
+
काँक्राफर्सी बेरिन नपाएका थाङ्ग्रा
+
 
+
लैजानु,
+
पानी नतर्ने घरको धुरी
+
करेसामा रोपेको घामफूल
+
बार्दलीमा झुण्ड्याएका
+
सयपत्री र मखमली माला
+
 
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा
 
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा
सोली फिपी
+
सोली, फिपी, खुर्पा र कोदाली
खुर्पा र कोदाली
+
लैजानू हिँड्दाहिँड्दै थाकेको गल्ली ।
पुर्खाले आर्जेको दुःख
+
  
लैजानु,
 
हिँड्दाहिँड्दै थाकेको गल्ली
 
 
मैले लिएको पनि यही हो
 
मैले लिएको पनि यही हो
 
मैले दिने पनि यही हो
 
मैले दिने पनि यही हो
अंश लैजानु मसँग भएका
+
अंश लैजानू यी सबैसबै...
यी सबै सबै…!
+
 
 +
मेरा निम्ति छोडिदिनू पुर्खाले आर्जेको दुःख
 +
छोडिदिनू यी सबैप्रतिको मेरो प्रेम !
  
 
</poem>
 
</poem>

19:20, 16 अप्रैल 2020 के समय का अवतरण

लिएको पनि यही हो
दिने पनि यही हो
अंशमा लैजानू यी सबैसबै...

दुम्सीले माडेको फापरबारी
बाँदर लाग्ने मकैबारी ।

पछ्यौरीमा पोको पारेको कोदाको बीउ
थाममा झुन्ड्याएका खुँगी र बल्छी
आँगनको कुनाको कुखुराको खोर
बुन्दाबुन्दै छोडेको डोको
एकमुठी सुकेका चोया
रित्ता कीला–दाम्ला ।

घरपर्तिरको खहरे
भूतले तर्साउने खोल्सो
लैजानू खेतमाथि बग्ने बाढी ।

लाहुरे हजुरबाले कमाएको भित्तेघडी
हजुरआमाले सिन्दुर–टीका गर्ने बट्टे ऐना
बाँसको काइँयो
लैजानू गोल्चे लगाएको सन्दुसमा
पुर्खौंदेखि लुकाएका अभाव ।
 
वर्षौंदेखि बगाएको पसिना
छानामाथि फैलने रहरजस्ता बादलका टुक्रा
जिजु–जिजुमाको आत्मा बास बसेको आँपको रुख
बा–आमाले आगो ताप्ताताप्तै निभेको चिसो अँगेनो
पानी झर्दाझर्दै धारो जमेर भरिन नपाएका गाग्री
खडेरीले खाएपछि काँक्रा–फर्सी बेरिन नपाएका थाङ्ग्रा
उठाएर लैजानू पानी नतर्ने घरको धुरी पनि ।

करेसाको घामफूल
बार्दलीको सयपत्री र मखमली माला
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा
सोली, फिपी, खुर्पा र कोदाली
लैजानू हिँड्दाहिँड्दै थाकेको गल्ली ।

मैले लिएको पनि यही हो
मैले दिने पनि यही हो
अंश लैजानू यी सबैसबै...

मेरा निम्ति छोडिदिनू पुर्खाले आर्जेको दुःख
छोडिदिनू यी सबैप्रतिको मेरो प्रेम !