"मनको गीत / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) छो |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
− | |||
फुटूँ म आफूबाट | फुटूँ म आफूबाट | ||
टुक्रियूँ मेरो सम्पूर्णताका एकएक अवयवहरूमा | टुक्रियूँ मेरो सम्पूर्णताका एकएक अवयवहरूमा | ||
पंक्ति 22: | पंक्ति 20: | ||
आफूबाट फुकालेर आफ्ना निर्मितिहरू | आफूबाट फुकालेर आफ्ना निर्मितिहरू | ||
देखाइदिऊँ विनिर्माणको एउटा साक्षात् नमूना | देखाइदिऊँ विनिर्माणको एउटा साक्षात् नमूना | ||
− | + | डेरिडालाई । | |
+ | |||
मबाट भत्किएको एक अंश, एउटा मान्छे | मबाट भत्किएको एक अंश, एउटा मान्छे | ||
− | हिँडिरहोस् सडकमा | + | हिँडिरहोस् सडकमा लम्र्याङ्लम्य्राङ्, |
बोलिरहोस् अज्ञानले भरिपूर्ण भएर सभाहरूमा, | बोलिरहोस् अज्ञानले भरिपूर्ण भएर सभाहरूमा, | ||
दुनियाँका तमाम खबरहरू हालेर मथिङ्गलमा | दुनियाँका तमाम खबरहरू हालेर मथिङ्गलमा | ||
समीक्षा गरिरहोस् र कराइरहोस् भीडहरू माझ, | समीक्षा गरिरहोस् र कराइरहोस् भीडहरू माझ, | ||
− | निमग्न रहोस् आफ्नो लघुताको | + | निमग्न रहोस् आफ्नो लघुताको पूर्णतामा । |
अर्को घोरिइरहोस् | अर्को घोरिइरहोस् | ||
व्यापारका हिसाबकिताब र | व्यापारका हिसाबकिताब र | ||
− | कर्मचारीका व्यक्तिगत | + | कर्मचारीका व्यक्तिगत फाइलहरूमा । |
+ | |||
एउटा पढिरहोस् | एउटा पढिरहोस् | ||
एउटा केटाकेटी खेलाइरहोस् | एउटा केटाकेटी खेलाइरहोस् | ||
− | एउटा प्रेममा पौडिरहोस् | + | एउटा प्रेममा पौडिरहोस् आजीवन । |
मलाई मन नपरेको एउटा टुक्रो म | मलाई मन नपरेको एउटा टुक्रो म | ||
− | कतै कोठाभित्र | + | कतै कोठाभित्र थुन्निइरहोस् । |
एउटा चोइटो | एउटा चोइटो | ||
घरका भित्री आवरण सिँगार्न र | घरका भित्री आवरण सिँगार्न र | ||
− | आवश्यकताका भोक मेटाउन | + | आवश्यकताका भोक मेटाउन लागोस् । |
भ्याउँदैन भने टुक्र्याओस् आफूलाई अझै | भ्याउँदैन भने टुक्र्याओस् आफूलाई अझै | ||
तरकारी, मसलन्द, लत्ताकपडा | तरकारी, मसलन्द, लत्ताकपडा | ||
इन्धन र अरू लठिबज्र हेर्ने | इन्धन र अरू लठिबज्र हेर्ने | ||
− | ठेकेदार | + | ठेकेदार मान्छेहरूमा । |
+ | |||
एउटा भाग | एउटा भाग | ||
मबाटै टुक्रिएको भन्नेसमेत बिर्सेर | मबाटै टुक्रिएको भन्नेसमेत बिर्सेर | ||
− | हाकिमका हरेक मुर्ख्याईँमा थपडी बजाइरहोस् | + | हाकिमका हरेक मुर्ख्याईँमा थपडी बजाइरहोस्, |
हल्लाइरहोस् टाउको र | हल्लाइरहोस् टाउको र | ||
− | व्यस्त रहोस् कठपुतली | + | व्यस्त रहोस् कठपुतली चालहरूमा । |
एउटाले जिम्मा लेओस् | एउटाले जिम्मा लेओस् | ||
− | टेलिभिजन, रेडियो र | + | टेलिभिजन, रेडियो र अखवारहरू । |
आफन्त र परिचितहरूका हालखबर घोकेर बसोस् एउटा | आफन्त र परिचितहरूका हालखबर घोकेर बसोस् एउटा | ||
सन्चोबिसन्चोका औपचारिकता पुर्याइरहोस् | सन्चोबिसन्चोका औपचारिकता पुर्याइरहोस् | ||
− | कहाँ?, के?, कसो?का चासोहरूमा रुमल्लिरहोस् | + | कहाँ?, के?, कसो?, का चासोहरूमा रुमल्लिरहोस् |
− | + | सोर्हसंस्कार र जन्मदिनहरूमा सहभागिता जनाइरहोस् । | |
अर्को | अर्को | ||
− | आफ्ना गतिहीनताका अ-खबरहरू | + | आफ्ना गतिहीनताका अ-खबरहरू भट्याइरहोस् । |
− | + | गोष्ठी, जमघट र केजातिहुँधो धाइरहोस् । | |
एक साँझ | एक साँझ | ||
भेला गरेर सबै आफूहरूलाई | भेला गरेर सबै आफूहरूलाई | ||
− | एउटा समानुपातिक सम्मेलन | + | एउटा समानुपातिक सम्मेलन गराऊँ । |
अरूलाई छाडिराखेर गन्जागोलको निरर्थक बहसमा, | अरूलाई छाडिराखेर गन्जागोलको निरर्थक बहसमा, | ||
निस्कूँ | निस्कूँ | ||
− | कविलाई | + | कविलाई लिएर । |
+ | |||
मेरो कवि | मेरो कवि | ||
सम्पूर्णतामा कवि नै रहोस् | सम्पूर्णतामा कवि नै रहोस् | ||
− | नटाँसियोस् अभावले भरिएको मेरो | + | नटाँसियोस् अभावले भरिएको मेरो गृहस्थसँग । |
अलग रहोस् | अलग रहोस् | ||
− | स्वाभिमान बेचेको मेरो | + | स्वाभिमान बेचेको मेरो जागिरेसँग । |
छुट्टियोस् | छुट्टियोस् | ||
− | मस्तिष्कले थिचिराखेको मेरो | + | मस्तिष्कले थिचिराखेको मेरो जीवबाट । |
कविलाई हालेर आफूभित्र सम्पूर्णतामा | कविलाई हालेर आफूभित्र सम्पूर्णतामा | ||
पंक्ति 83: | पंक्ति 85: | ||
कविताको पत्रबाट | कविताको पत्रबाट | ||
समयको खोल झिकेर फ्याँकूँ | समयको खोल झिकेर फ्याँकूँ | ||
− | उक्काऊँ भूगोलका | + | उक्काऊँ भूगोलका डिलहरू, |
फुटाऊँ चेतनाका झ्यालढोका | फुटाऊँ चेतनाका झ्यालढोका | ||
भत्काऊँ विपनाका खण्डहरहरू र | भत्काऊँ विपनाका खण्डहरहरू र | ||
− | निस्कूँ सपनाको | + | निस्कूँ सपनाको उज्यालातिर । |
जीवन आफ्नै अँगालामा लठ्ठिइरहोस् | जीवन आफ्नै अँगालामा लठ्ठिइरहोस् | ||
प्रेमको नदी आफ्नै काखबाट बगिरहोस् | प्रेमको नदी आफ्नै काखबाट बगिरहोस् | ||
वेदना मेरो प्रेमगीत गाएर मात्तिइरहोस् | वेदना मेरो प्रेमगीत गाएर मात्तिइरहोस् | ||
− | पीरको लास फूलको सिरानीमा | + | पीरको लास फूलको सिरानीमा निदाइरहोस् । |
ज्ञानको जालोबाट फुत्किऊँ | ज्ञानको जालोबाट फुत्किऊँ | ||
− | भागूँ यो विचारहरूको जङ्गलबाट | + | भागूँ, यो विचारहरूको जङ्गलबाट, |
समयको यस आँख्लामा टेकेर | समयको यस आँख्लामा टेकेर | ||
− | भ्रमको पहाडबाट फालहानूँ मनको | + | भ्रमको पहाडबाट फालहानूँ मनको वेगमा । |
+ | |||
तमाम आविस्कारहरूलाई बोरामा कसी | तमाम आविस्कारहरूलाई बोरामा कसी | ||
− | लुकाइदिऊँ आइन्सटाइनहरूका मस्तिष्कका | + | लुकाइदिऊँ आइन्सटाइनहरूका मस्तिष्कका कुनाहरूमा । |
सँधै थिचिरहने आफ्नै छातीबाट निस्किऊँ | सँधै थिचिरहने आफ्नै छातीबाट निस्किऊँ | ||
मगजलाई देउरालीमा फुसर्तले थिचिराखेर | मगजलाई देउरालीमा फुसर्तले थिचिराखेर | ||
− | पसूँ कल्पनाको | + | पसूँ कल्पनाको बगैँचामा । |
लाजको आवरण सीमाना मै फुकाली | लाजको आवरण सीमाना मै फुकाली | ||
आडम्वरको थाङ्ग्रामा टाँगिराखेर | आडम्वरको थाङ्ग्रामा टाँगिराखेर | ||
− | घामका किरण पहिरिएर | + | घामका किरण पहिरिएर दौडिऊँ । |
बादल बटुलेर मैदान बनाऊँ | बादल बटुलेर मैदान बनाऊँ | ||
− | इन्द्रेणी टाँगेर | + | इन्द्रेणी टाँगेर सिगारूँ । |
हावाको भकुण्डो खेल्दै | हावाको भकुण्डो खेल्दै | ||
− | नहिँडेको | + | 'नहिँडेको बाटा'को पल्लो छेऊ पुगी |
− | रोबर्ट | + | रोबर्ट फ्रोस्टलाई हात समातेर बोलाऊँ र |
− | दुनियाँतिर फर्किएर प्रलाप सुनाउन आग्रह गरूँ | + | दुनियाँतिर फर्किएर 'प्रलाप' सुनाउन आग्रह गरूँ |
− | + | गिन्सबर्गलाई । | |
प्रभूको वर पाएर | प्रभूको वर पाएर | ||
पंक्ति 121: | पंक्ति 124: | ||
तिमी महाकवि हौ भनी | तिमी महाकवि हौ भनी | ||
बाजी थापूँ र | बाजी थापूँ र | ||
− | जितूँ एक झोला | + | जितूँ एक झोला ताराहरू । |
+ | |||
बौलाहाको सपनाजस्तै यस घर्तीको भविष्यसँग | बौलाहाको सपनाजस्तै यस घर्तीको भविष्यसँग | ||
− | साटूँ इलियटको बाँझो भूमि र | + | साटूँ इलियटको 'बाँझो भूमि' र |
रहरको कलमले जोतेर | रहरको कलमले जोतेर | ||
− | एक बाली कविताको खेती | + | एक बाली कविताको खेती गरूँ । |
यावत् टुक्रा मिसिएर बनेको | यावत् टुक्रा मिसिएर बनेको | ||
यो मले | यो मले | ||
− | गर्न सकेन कुनै | + | गर्न सकेन कुनै उपलब्धि । |
फूटूँ म आफूबाट र | फूटूँ म आफूबाट र | ||
केवल | केवल | ||
− | कविलाई लिएर | + | कविलाई लिएर बाँचूँ । |
</poem> | </poem> |
08:31, 11 मई 2020 के समय का अवतरण
फुटूँ म आफूबाट
टुक्रियूँ मेरो सम्पूर्णताका एकएक अवयवहरूमा
र
बाँचूँ सबै टुक्रामा पूर्णताले।
यावत टुक्रा जोडिएर बनेको
यो मले
बाँच्न सकेन कुनै भाग पनि
धक फुकाएर।
आफूबाट फुकालेर आफ्ना निर्मितिहरू
देखाइदिऊँ विनिर्माणको एउटा साक्षात् नमूना
डेरिडालाई ।
मबाट भत्किएको एक अंश, एउटा मान्छे
हिँडिरहोस् सडकमा लम्र्याङ्लम्य्राङ्,
बोलिरहोस् अज्ञानले भरिपूर्ण भएर सभाहरूमा,
दुनियाँका तमाम खबरहरू हालेर मथिङ्गलमा
समीक्षा गरिरहोस् र कराइरहोस् भीडहरू माझ,
निमग्न रहोस् आफ्नो लघुताको पूर्णतामा ।
अर्को घोरिइरहोस्
व्यापारका हिसाबकिताब र
कर्मचारीका व्यक्तिगत फाइलहरूमा ।
एउटा पढिरहोस्
एउटा केटाकेटी खेलाइरहोस्
एउटा प्रेममा पौडिरहोस् आजीवन ।
मलाई मन नपरेको एउटा टुक्रो म
कतै कोठाभित्र थुन्निइरहोस् ।
एउटा चोइटो
घरका भित्री आवरण सिँगार्न र
आवश्यकताका भोक मेटाउन लागोस् ।
भ्याउँदैन भने टुक्र्याओस् आफूलाई अझै
तरकारी, मसलन्द, लत्ताकपडा
इन्धन र अरू लठिबज्र हेर्ने
ठेकेदार मान्छेहरूमा ।
एउटा भाग
मबाटै टुक्रिएको भन्नेसमेत बिर्सेर
हाकिमका हरेक मुर्ख्याईँमा थपडी बजाइरहोस्,
हल्लाइरहोस् टाउको र
व्यस्त रहोस् कठपुतली चालहरूमा ।
एउटाले जिम्मा लेओस्
टेलिभिजन, रेडियो र अखवारहरू ।
आफन्त र परिचितहरूका हालखबर घोकेर बसोस् एउटा
सन्चोबिसन्चोका औपचारिकता पुर्याइरहोस्
कहाँ?, के?, कसो?, का चासोहरूमा रुमल्लिरहोस्
सोर्हसंस्कार र जन्मदिनहरूमा सहभागिता जनाइरहोस् ।
अर्को
आफ्ना गतिहीनताका अ-खबरहरू भट्याइरहोस् ।
गोष्ठी, जमघट र केजातिहुँधो धाइरहोस् ।
एक साँझ
भेला गरेर सबै आफूहरूलाई
एउटा समानुपातिक सम्मेलन गराऊँ ।
अरूलाई छाडिराखेर गन्जागोलको निरर्थक बहसमा,
निस्कूँ
कविलाई लिएर ।
मेरो कवि
सम्पूर्णतामा कवि नै रहोस्
नटाँसियोस् अभावले भरिएको मेरो गृहस्थसँग ।
अलग रहोस्
स्वाभिमान बेचेको मेरो जागिरेसँग ।
छुट्टियोस्
मस्तिष्कले थिचिराखेको मेरो जीवबाट ।
कविलाई हालेर आफूभित्र सम्पूर्णतामा
म
कविताको पत्रबाट
समयको खोल झिकेर फ्याँकूँ
उक्काऊँ भूगोलका डिलहरू,
फुटाऊँ चेतनाका झ्यालढोका
भत्काऊँ विपनाका खण्डहरहरू र
निस्कूँ सपनाको उज्यालातिर ।
जीवन आफ्नै अँगालामा लठ्ठिइरहोस्
प्रेमको नदी आफ्नै काखबाट बगिरहोस्
वेदना मेरो प्रेमगीत गाएर मात्तिइरहोस्
पीरको लास फूलको सिरानीमा निदाइरहोस् ।
ज्ञानको जालोबाट फुत्किऊँ
भागूँ, यो विचारहरूको जङ्गलबाट,
समयको यस आँख्लामा टेकेर
भ्रमको पहाडबाट फालहानूँ मनको वेगमा ।
तमाम आविस्कारहरूलाई बोरामा कसी
लुकाइदिऊँ आइन्सटाइनहरूका मस्तिष्कका कुनाहरूमा ।
सँधै थिचिरहने आफ्नै छातीबाट निस्किऊँ
मगजलाई देउरालीमा फुसर्तले थिचिराखेर
पसूँ कल्पनाको बगैँचामा ।
लाजको आवरण सीमाना मै फुकाली
आडम्वरको थाङ्ग्रामा टाँगिराखेर
घामका किरण पहिरिएर दौडिऊँ ।
बादल बटुलेर मैदान बनाऊँ
इन्द्रेणी टाँगेर सिगारूँ ।
हावाको भकुण्डो खेल्दै
'नहिँडेको बाटा'को पल्लो छेऊ पुगी
रोबर्ट फ्रोस्टलाई हात समातेर बोलाऊँ र
दुनियाँतिर फर्किएर 'प्रलाप' सुनाउन आग्रह गरूँ
गिन्सबर्गलाई ।
प्रभूको वर पाएर
निमग्न उग्राइरहेका देवकोटासित
तिमी महाकवि हौ भनी
बाजी थापूँ र
जितूँ एक झोला ताराहरू ।
बौलाहाको सपनाजस्तै यस घर्तीको भविष्यसँग
साटूँ इलियटको 'बाँझो भूमि' र
रहरको कलमले जोतेर
एक बाली कविताको खेती गरूँ ।
यावत् टुक्रा मिसिएर बनेको
यो मले
गर्न सकेन कुनै उपलब्धि ।
फूटूँ म आफूबाट र
केवल
कविलाई लिएर बाँचूँ ।