भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"एउटा नदीको कुरा / सुदीप पाख्रिन" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रीन |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो (Sirjanbindu ने एउटा नदीको कुरा / सुदीप पाख्रीन पृष्ठ एउटा नदीको कुरा / सुदीप पाख्रिन पर स्थानांतरित क...) |
(कोई अंतर नहीं)
|
17:43, 27 जुलाई 2020 के समय का अवतरण
चुपचाप बगिरहन्छ नदी……
किनारमै घरहरू बनाओस् कैयौँ- मललब छैन
भाँचेर छेउकुनाहरुबाट कुलो लगोस्, नहर लगोस्
या लगोस् घरघरमै- मतलब छैन ।
चुपचाप बगिरहन्छ नदी…….
कुरौटे छन् यी मौसमहरु
कान फुकिरहन्छ नदीको
– मतलब छैन ।
जिउमै नाउ कुदाउँछन्, डुङ्गा चलाउँछन्
थिल्थिलो होउञ्जेल जहाज दौडाउँछन्
बिना कारण थुन्छन् कतै
त बिना कारण अति नै खोलिदिन्छन् कतै- मतलब छैन ।
गुनासो नामको कुनै चिज गर्दैन नदी ।
चुपचाप–चुपचाप बगिरहन्छ……..
निकै इर्ष्यालु छ बरू मौसम……
कान भरिरहन्छ नदीको
प्रत्येक असार साउनमा ।
चुपचाप बगिरहन्छ तर नदी ।
कैलेकाहीँ
हो, कैलेकाहीँ
मानसिक सन्तुलन गुमाउँदछ, नदी ।