"अमिबा बिचार / सुदीप पाख्रिन" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 51: | पंक्ति 51: | ||
किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ?? | किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ?? | ||
</poem> | </poem> | ||
+ | {{KKMeaning}} |
10:29, 28 जुलाई 2020 के समय का अवतरण
निराशाहरुको
थिलियम<ref>मन्द बिष </ref> पिएर बाँचिरहेका — हामी
प्रायश:
संवेदनाहरुको गुरुत्वाकर्षणभित्रै घस्रिरहेका हुन्छौं
र, खियाइरहेका हुन्छौं पानाहरुमा घोट्दै घोट्दै
जीवन्त मस्तिष्कहरुलाई ।
मस्तिष्कहरु
र पानाहरुको घर्षणको प्रतिफल
उत्पन्न भइरहन्छन् — नीला तापहरु
जो लैजान्छौं
थिलियम पिएर बाँचिरहेका — हामी
उनीहरु समक्षमा ।
उनीहरु
हरेक मौसमलाई
जाडोको मौसम ठानी
गड्यौंलाझैं मस्त शीत-निंद्रामा हुन्छन्
हामी
नीलो तापभित्रका मूक आवाजहरु
नीलो तापभित्रका मौन हरफहरु
चूपचाप दोहोराइरहन्छौं
इलेक्ट्रोनिक मस्तिष्क बोकेकाहरु सामु ।
कुनै प्रतिकृयाहरु जन्मदैनन्
— रोबोट अनुहारहरुमा
मात्रै मुस्कुराइरहन्छन् — प्रायोजित मुस्कान
र, भट्याउँछन् — कृतिम 'रेकर्डेड' शब्दहरु
हामीहरु
संवेदनाहरुको हिउँ पग्लिन्छ कि खोज्दैं
— लौह मानवहरुका आँखाहरुमा
चकित हेरिरहेछौं
अमिबा<ref>माइस्क्रोस्कोपको सहायताले मात्रै देखिने सुक्ष्म जीवाणु, जसको कुनै निश्चित आकार हुदैन र आकार बद्लिरहन्छ ।</ref>-बिचारहरुका आकृतिहरु
जो
प्रतिपल
आफ्ना आकारहरु बदल्दै
इतिहासको कालो गुफामा निश्चिन्त प्रवेश गरिरहेका छन् !
इतिहासको अंधकार गुफातिर निर्लज्ज दगुरिरहेका छन् !!
ओ !
अमिबा बिचारहरुका
तथाकथित स्वामीहरु !!
नीला तापहरुको तापक्रममा
किन पग्लदैनन् — तिम्रा इलेक्ट्रोनिक मस्तिष्कहरु ?
किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ??