"यथोचित मेरा पिता ! / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | + | ''(पिताश्री पिँडालीज्यूको मृत्युमा छोरी कुन्दनको अनुभूति ।) '' | |
− | (पिताश्री पिँडालीज्यूको मृत्युमा छोरी कुन्दनको अनुभूति ।) | + | |
एउटा सम्बन्ध | एउटा सम्बन्ध | ||
अब सम्झना भयो | अब सम्झना भयो | ||
हुन त यो सम्पर्क नै भइसकेको थियो । | हुन त यो सम्पर्क नै भइसकेको थियो । | ||
+ | |||
म आएँ पाहुना भई | म आएँ पाहुना भई | ||
तिम्रो घरमा फेरि | तिम्रो घरमा फेरि | ||
छाड्न अन्तिम यात्रासम्म तिमीलाई । | छाड्न अन्तिम यात्रासम्म तिमीलाई । | ||
+ | |||
त्यो सङ्घर्ष तिम्रो | त्यो सङ्घर्ष तिम्रो | ||
मृत्यसित, | मृत्यसित, | ||
पंक्ति 27: | पंक्ति 28: | ||
सबै हार्दा रहेछन् | सबै हार्दा रहेछन् | ||
मृत्युसित त्यहाँ । | मृत्युसित त्यहाँ । | ||
+ | |||
तिमी पनि ढल्यौ | तिमी पनि ढल्यौ | ||
तिम्रो ढलेको निर्जीव शरीरको | तिम्रो ढलेको निर्जीव शरीरको | ||
पंक्ति 41: | पंक्ति 43: | ||
बाँच्नेलाई | बाँच्नेलाई | ||
मर्नेको निहुँ लिएर । | मर्नेको निहुँ लिएर । | ||
+ | |||
यो मरेको संस्कारले | यो मरेको संस्कारले | ||
बाँच्नेको साथ दिने पनि छैन कहिल्यै । | बाँच्नेको साथ दिने पनि छैन कहिल्यै । | ||
+ | |||
पीडा त यसै पनि पीडा हो | पीडा त यसै पनि पीडा हो | ||
फेरि किन हुँगीठेगी दुखाउँछौं | फेरि किन हुँगीठेगी दुखाउँछौं | ||
पंक्ति 56: | पंक्ति 60: | ||
बटुलेर मनको तहतहमा | बटुलेर मनको तहतहमा | ||
उसको माया मात्र । | उसको माया मात्र । | ||
− | ए मेरा पिता | + | |
+ | ए मेरा पिता ! | ||
तिमीले रोपेका थियौ बीउ आफ्नो | तिमीले रोपेका थियौ बीउ आफ्नो | ||
र बिरुवा हामी तिम्रो | र बिरुवा हामी तिम्रो | ||
पंक्ति 70: | पंक्ति 75: | ||
तिम्रो कलम | तिम्रो कलम | ||
विरारतमा पाएँ मैले । | विरारतमा पाएँ मैले । | ||
+ | |||
मैले नै बोकेँ त्यो अभिभारा | मैले नै बोकेँ त्यो अभिभारा | ||
म नै बोक्नेछु त्यो जिम्मा | म नै बोक्नेछु त्यो जिम्मा | ||
पंक्ति 78: | पंक्ति 84: | ||
कुनै लक्ष्यसम्म | कुनै लक्ष्यसम्म | ||
तिम्रा अकाङ्क्षा । | तिम्रा अकाङ्क्षा । | ||
+ | |||
ए मेरा पिता ! | ए मेरा पिता ! | ||
तिमी बाँचेका थियौ | तिमी बाँचेका थियौ | ||
पंक्ति 85: | पंक्ति 92: | ||
र तिमीलाई जीवित राख्नेछु फेरिफेरि | र तिमीलाई जीवित राख्नेछु फेरिफेरि | ||
म आफ्नो कलमले । | म आफ्नो कलमले । | ||
+ | |||
यो कलमको नाता हाम्रो | यो कलमको नाता हाम्रो | ||
वंशजको सबै निर्णयलाई | वंशजको सबै निर्णयलाई |
21:39, 7 सितम्बर 2024 के समय का अवतरण
(पिताश्री पिँडालीज्यूको मृत्युमा छोरी कुन्दनको अनुभूति ।)
एउटा सम्बन्ध
अब सम्झना भयो
हुन त यो सम्पर्क नै भइसकेको थियो ।
म आएँ पाहुना भई
तिम्रो घरमा फेरि
छाड्न अन्तिम यात्रासम्म तिमीलाई ।
त्यो सङ्घर्ष तिम्रो
मृत्यसित,
असहाय भई हेरें
र तिमीलाई जिताउन पनि
बाबा ! कति चाहें
तर, केही लाग्दो रहेनछ यहाँ
जीवनभरि सङ्घर्ष गरेर
कतै विजय पाए पनि
सबै हार्दा रहेछन्
मृत्युसित त्यहाँ ।
तिमी पनि ढल्यौ
तिम्रो ढलेको निर्जीव शरीरको
त्रास मनमा अझै बाँकी छ
त्यो चितामा राखेर
तिम्रो मुखमा आगो दिने
हक मेरो भएन
दिन सक्ने पनि थिइनँ
जन्मेदेखि माया गरेको शरीरलाई
आफैले सल्काउनु
एउटा कठोर दण्ड हो ।
कति क्रूर बनायौं हामीले धर्म अस्तित्वको
यहाँ खोजीखोजी यातना दिइन्छ
बाँच्नेलाई
मर्नेको निहुँ लिएर ।
यो मरेको संस्कारले
बाँच्नेको साथ दिने पनि छैन कहिल्यै ।
पीडा त यसै पनि पीडा हो
फेरि किन हुँगीठेगी दुखाउँछौं
यो वियोगको घाउ यसरी ?
छाडिदेऊ मलाई एक्लै केही आँसु झार्न
केही सम्झन
केही बिर्सन
कोही गयो मेरो
कोही छुटयो मेरो
केही लुटयो मेरो ।
अब त राख्न चाहन्छु
सब सँगाल्न चाहन्छु
बटुलेर मनको तहतहमा
उसको माया मात्र ।
ए मेरा पिता !
तिमीले रोपेका थियौ बीउ आफ्नो
र बिरुवा हामी तिम्रो
कतै सारिएर आज
वृक्ष भई उभिएकी छु म ।
यहाँ वनस्पतिको पनि
आफ्नो पहिचान हुन्छ
म त जीवित प्राणी
तिम्री छोरी
किन लगाउन सकेनौ
मलाई आफ्नो बंशको हीका ?
तर तिमीले जीवनभरि कमाएको सम्पत्ति
तिम्रो कलम
विरारतमा पाएँ मैले ।
मैले नै बोकेँ त्यो अभिभारा
म नै बोक्नेछु त्यो जिम्मा
म नै बुझ्नेछु
तिम्रो सङ्घर्षको
सुखदुःख, मानअपमान
र पुर्याउनेछु
कुनै लक्ष्यसम्म
तिम्रा अकाङ्क्षा ।
ए मेरा पिता !
तिमी बाँचेका थियौ
आफ्नो कलममा
तिमी बाँच्नेछौ
ती कृतिमा
र तिमीलाई जीवित राख्नेछु फेरिफेरि
म आफ्नो कलमले ।
यो कलमको नाता हाम्रो
वंशजको सबै निर्णयलाई
चुनौती दिँदै छ
प्रश्न र अंश र हकको हैन
उत्पत्ति र पहिचानको हो
तिमी मुहान मेरो
बगेका छौ तिमी ममा
यथोचित ! ए मेरा पिता !!