"कथा आक्रमण र समर्पणको / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
आक्रमण नभई | आक्रमण नभई | ||
समर्पण हुँदैन | समर्पण हुँदैन | ||
पंक्ति 14: | पंक्ति 13: | ||
म पराजिता | म पराजिता | ||
सदा समर्पित भएँ तिमीमा । | सदा समर्पित भएँ तिमीमा । | ||
+ | |||
सके त्यो आदिकालमा | सके त्यो आदिकालमा | ||
कुनै जङ्गल, बाटो | कुनै जङ्गल, बाटो | ||
पंक्ति 23: | पंक्ति 23: | ||
समर्पण गरेथें क्यार | समर्पण गरेथें क्यार | ||
त्यहाँ त्यस बेला मैले पनि । | त्यहाँ त्यस बेला मैले पनि । | ||
+ | |||
सके यसरी नै हामीले | सके यसरी नै हामीले | ||
एकअर्कालाई पाएथ्यौँ | एकअर्कालाई पाएथ्यौँ | ||
पंक्ति 28: | पंक्ति 29: | ||
र नजानी, नचाही सिर्जना गरेथ्यौँ | र नजानी, नचाही सिर्जना गरेथ्यौँ | ||
यो सृष्टिको । | यो सृष्टिको । | ||
+ | |||
त्यो उन्मादको आनन्द | त्यो उन्मादको आनन्द | ||
र विजयको घमन्ड तिम्रो | र विजयको घमन्ड तिम्रो | ||
पंक्ति 34: | पंक्ति 36: | ||
दोहोऱ्याउँदै छौं अझै हामी | दोहोऱ्याउँदै छौं अझै हामी | ||
उही आक्रमण र समर्पणको कथा हाम्रो । | उही आक्रमण र समर्पणको कथा हाम्रो । | ||
+ | |||
तर सम्बन्ध युद्ध हुन सक्दैन | तर सम्बन्ध युद्ध हुन सक्दैन | ||
भावनाले स्वेच्छाको सम्मान खोज्छ | भावनाले स्वेच्छाको सम्मान खोज्छ |
21:24, 7 सितम्बर 2024 के समय का अवतरण
आक्रमण नभई
समर्पण हुँदैन
समर्पण पराजय हो अहंको
म पराजिता
सदा समर्पित भएँ तिमीमा ।
सके त्यो आदिकालमा
कुनै जङ्गल, बाटो
वा कतै गुफामा
मलाई देख्नासाथ
उन्मादले उन्मत्त भई
आक्रमण गरेका थियौ तिमीले
र केही नलागी
समर्पण गरेथें क्यार
त्यहाँ त्यस बेला मैले पनि ।
सके यसरी नै हामीले
एकअर्कालाई पाएथ्यौँ
चिनेथ्यौँ, सँगै बाँचेथ्यौं
र नजानी, नचाही सिर्जना गरेथ्यौँ
यो सृष्टिको ।
त्यो उन्मादको आनन्द
र विजयको घमन्ड तिम्रो
त्यो जबरजस्तीको ग्लानि
र असहाय गर्भको पीडा मेरो
दोहोऱ्याउँदै छौं अझै हामी
उही आक्रमण र समर्पणको कथा हाम्रो ।
तर सम्बन्ध युद्ध हुन सक्दैन
भावनाले स्वेच्छाको सम्मान खोज्छ
कहिल्यै न कहिल्यै ।
हिँड निस्कौं हामी अब
त्यो आदिकालको मानसिक गुफाबाहिर ।